नक्कली किम जोङ उनको मालामाल कमाइ ! « Khabarhub

नक्कली किम जोङ उनको मालामाल कमाइ !


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-मानिसको दैनिकी कतिबेला कुन शीर्षकमा कता फर्कंन्छ पत्तै नहुने । यस्तै भएको २ कलाकारलाई । उनीहरु दुवैले एक विश्व चर्चित नेताको नक्कल गरेर आम्दानी बढाएका छन् । अर्थात दिनमै १५ लाख बढी कमाउँछन् । यसरी अथाह कमाउने २ व्यक्ति हुन हङकङका राजनीतिक व्यंग्यकार हावर्ड एक्स र दक्षिण कोरियाका मिनयोङ किम।

यी दुवै कलाकार नै हुन् । उनीहरुले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनको नक्कलबाटै अथाह सम्पत्ति कमाएको बीबीसीले उल्लेख गरेको छ।

विश्वमा चर्चित भएका उन कसरी २ कलाकारका लागि अहो भाग्य बने? कसरी उनीहरुले मालामाल कमाइ गर्छन् । यसको एकदमै रोचक प्रस‌ंग छ ।

आणविक युद्धको चेतावनी, शान्ति प्रक्रियामा जान गरेको सम्झौता । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमसँग धम्कीपूर्ण शाब्दीक लडाइँ र पछिल्लो समयको भेटघाटको विषयले जति उन चर्चामा छन् त्यतिनै हावर्ड र मिनयोङको कमाइ हुने गरेको छ ।

यो दैनिकी उनीहरुले ६ वर्षदेखि बिताइरहेका छन् । खुसी साथै दुवैले भन्छन्, ‘उनले जे गरे पनि हामीलाई फाइदा हुने हो । चाहे उनको क्षेप्यास्त्रको कुरा होस या ट्रमलाई दिने धम्कीको नै किन नहोस्।’

धेरै धनाढ्य व्यक्ति सहभागी भएको पार्टी र ठूला भोजमा पनि उनीहरुको सहभागिता हुने गरेको छ । उनीहरु सँधै नै उनकै क्यारिकेचरमा दुनियाँलाई हसाउने कलाकार बनेका छन् ।

दुवैको उन बन्ने सोच झन्डै उस्तै उस्तै नै देखिएको छ । दुवैले कपाल मिलाउन र ड्रेसअपका लागि मेहनत गर्नु परेको सुनाएका थिए ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ८ : ५४ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले