इंग्ल्याण्ड विश्वकपको सेमिफाइनलमा, न्युजिल्याण्ड ११९ रनले पराजित « Khabarhub

इंग्ल्याण्ड विश्वकपको सेमिफाइनलमा, न्युजिल्याण्ड ११९ रनले पराजित


१९ असार २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- न्युजिल्याण्डलाई हराउँदै इंग्ल्याण्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

म्यानचेस्टरमा बुधबार भएको लिग चरणको आफ्नो अन्तिम खेलमा न्युजिल्याण्डलाई ११९ रनले पराजित गर्दै इंग्ल्याण्ड सेमिफाइनल यात्रा तय गरेको हो ।

म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्डमा इंग्ल्याण्डले दिएको ३०६ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड ४५ ओभरमा अलआउट हुँदै १८६ रनमा समेटियो ।

न्युजिल्याण्डका लागि टम लाथमले ५७ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै रोस टेलरले २८ तथा कप्तान केन विलियम्सनले २७ रन बनाए । न्युजिल्याण्डलाई सस्तैमा समेट्न मार्क वुडले ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ५ रन बनाएको थियो ।

इंग्ल्याण्डका लागि ओपनर जोनी बेयस्ट्रोले शतकीय इनिङ्स खेले । उनले ९९ बलमा १५ चौका र १ छक्काको मद्दतले १ सय ६ रनको शतकीय इनिङ्स खेले । यस्तै अर्का ओपनर जासन रोयले ६० रनको अर्धशतकीय इनिङ्स खेले ।

न्युजिल्याण्डका ट्रेन्ट बोल्ट, म्याट हेनरी र जेम्स निशमले समान २/२ विकेट हात पारे ।

जितपछि इंग्ल्याण्डले ९ खेलबाट १२ अंक जोडेको छ । इंग्ल्याण्ड तेस्रो स्थानमा छ । आफ्नो अन्तिम लिग खेलमा पराजित भएपनि न्युजिल्याण्डको सेमिफाइनल पुग्ने सम्भावना कायम रहेको छ । न्युजिल्याण्डको ९ खेलबाट ११ अंक छ ।

प्रकाशित मिति : १९ असार २०७६, बिहिबार  ७ : ०६ बजे

व्यावसायिक केरा खेती : एघार लाख आम्दानी

वालिङ– प्रेमनारायण पङ्गेनी स्याङ्जाको चापाकोट १० आँधीघाटका किसान हुन् ।

तीन हजार ९ सय ३ सवारीसाधन कारबाहीमा

कञ्चनपुर– ट्राफिक नियम उल्लङ्घन गर्ने तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

एनपीएल तेस्रो संस्करणमा डेबिल मलानले बनाए पहिलो अर्धशतक

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणमा चितवन राइनोजका

एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति बने

बेइजिङ – बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा

किसानको गुनासो- खेतमा धान पाकिसक्यो, मौसम बिग्रने हल्लाले काट्ने की नकाट्ने दुबिधामा छौँ

बागमती–  हटिया, चौघडा, कमानेका किसानलाई धान थन्क्याउने चटारो छ, भने कतिपयलाई