घोराही उपमहानगर र चीनको यान सिटीबीच भगिनी सम्बन्ध स्थापना « Khabarhub

घोराही उपमहानगर र चीनको यान सिटीबीच भगिनी सम्बन्ध स्थापना


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको प्रदेश नम्बर ५ स्थित घोराही उपमहानगरपालिका र चीनको सिचुवान प्रान्तस्थित यान सिटबीच भगिनी सम्बन्ध स्थापित भएको छ ।

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वमा चीन भ्रमणका क्रममा बुधबार यान सिटीमा आयोजीत एक कार्यक्रममा दुई नगरबीच मैत्रीपूर्ण सम्बन्धमा हस्ताक्षर गरिएको हो। घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी र यान सिटीका उपप्रमुख कइहुइ सोङले संयुक्तरुपमा सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

कार्यक्रममा बोल्दै घोराही उपमहानगरा प्रमुख नरुलालले घोराही उपमहानगरपालिकाको विशेषता जानकारी गराए। साथै उनले कृषि क्षेत्रमा घोराही अगाडि बढ्न खोजिरहेको र अझै यश क्षेत्रमा काम गर्न बाँकी रहेको बताए।

यान सिटी र घोराही उपमहानगर बीचमा मैत्रीपूर्ण सम्बन्ध स्थापित भएपछि यो सम्बन्धले घोराहीको विकासका लागि पनि मद्दत मिल्ने उनले अपेक्षा राखे। ‘हामीलाई एकदमै खुसी लागेको छ, यसले हामी दुवै नगरलाई थप राम्रो बनाउन मद्दत मिल्नेछ’, उनले भने।

कार्यक्रममा यान सिटिका मेयर जीन जोउले यान सिटीको विशेषता बताए । उनले पानी, माछा, चिया, पाण्डाका लागि यान प्रशिद्ध रहेको बताए। यहाँको विशेषतः पर्यावरण राम्रो रहेको भन्दै उनले स्वास्थ्य विषयमा नेपाललाई सहयोग गर्न सक्ने र एउटा स्कुलसँग यसबारे कुरा भइरहेको बताए।

उनले चिया, पर्यटन र स्वास्थ्यका क्षेत्रमा घोराही उपमहानगरलाई सहयोग गर्नसक्ने प्रतिबद्धता जनाए।उनले प्रदेश ५ र घोराहीको पर्यटकीय भिजिट गर्न सक्ने बताए।

नेपाल भ्रमण गर्न निम्तो

यसैबीच कार्यक्रममा बोल्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले भौगोलिक कारण छिमेकी भएर पनि नजिकको सम्बन्ध बिस्तार हुन नसकेको चाइनासँग बिआरआइका माध्यमबाट पछिल्लो समय बिस्तारै नजिक भइरहेको बताए।

आजभन्दा ७ सय वर्ष पहिले चीनिया मन्त्रीले लुम्बिनीको भ्रमण गरेर पुस्तकमा उल्लेख गरेका कारण पनि लुम्बिनीको पहिचान गर्न थप सहज भएको भन्दै उनले चीनमा जस्तै नेपालमा पनि हिमाली क्षेत्रमा रेड पाण्डा पाउने बताए।

उनले चीन र नेपाल परम्परागत मित्र भएको र आधुनिक विश्व निर्माण गर्न पनि मित्रका रुपमा रहिरहने समेत बताए। नेपाल र चीनको दुई पार्टी, सरकार र २ देशका जनताबीच थप सम्बन्ध विस्तार सुमधुर हुने मुख्यमन्त्री पोख्रेलले अपेक्षा गरे। नेपालका प्रधानमन्त्री केपी ओलीले पनि यहीँ मान्यता राखेको भन्दै उनले यान सिटीका मेयरको टिमलाई ५ नम्बर प्रदेशको भ्रमणका लागि समेत निमन्त्रणा दिए।

सोमबार चीन भ्रमणमा आएको प्रदेश ५ का मुख्यमन्त्री सहितको टोली असार २५ गते स्वदेश फर्कनेछ। टोलीमा संघ तथा प्रदेशका सांसदहरु, नेकपाका विभिन्न तहका नेताहरू, स्थानीय सरकार प्रमुख, पत्रकार लगायतको सहभागीता छ। मंगलबार प्रदेश नम्बर ५ र सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध स्थापित गर्दै सहमतिपत्रमा हस्ताक्षर गरिएको थियो। भ्रमण टोली सिचुवानपछि गोइझाउ प्रान्तको भ्रमण गरेर स्वदेश फर्कनेछ।

तस्वीर : देवीका घर्ती मगर

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ८ : ३० बजे

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली (तस्बिरहरू)

काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय

देवानगञ्ज घटनाबारे राष्ट्रपति पौडेल र प्रथम राष्ट्रपति यादवबीच संवाद

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जसहित तराई-मधेसका विभिन्न

पोल्ट्री व्यवसायीलाई प्रशिक्षण

चितवन– पोल्ट्री व्यवसायीलाई वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी प्रशिक्षण प्रदान

गृहमन्त्री जाने भएपछि सिराहामा तनाव, सुरक्षाकर्मीको गाडी घेराउ (तस्बिरहरू)

सिराहा– सिराहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि