सावधान ! रातो मासु नखानुस् स्वास्थ्यमा निम्त्याउँछ यस्तो खतरा « Khabarhub

सावधान ! रातो मासु नखानुस् स्वास्थ्यमा निम्त्याउँछ यस्तो खतरा


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भोज–भतेर, विवाह–पार्टी तथा घरमै पनि मानिसहरु मासु खाने गर्छन् । कतिपयले छानी छानी रातो मासु नै खोज्छन् । एक त धेरै मासु खानु स्वास्थ्यका लागि लाभदायक मान्दैनन् चिकित्सक, त्यसमा पनि रातो मासु झन स्वास्थ्यका लागि खतरा नै हुने उनीहरु सुझाउँछन् ।

चिकित्सकहरुमात्र नभएर खाद्य विशेषज्ञहरुले मासुका पारखीलाई सचेत गराउँदै रातो मासु नियमित खानाले उमेर अर्थात् जिउने आयु घट्ने चेतावनी दिएका छन् । तर कस्तो मासु स्वास्थ्यका लागि उपयोगी छ र कस्तो हानिकारक हुन्छ भन्ने बारेमा मानिसहरु जानकार हुँदैनन् । यसले पनि स्वास्थ्यमा जोखिम निम्त्याउँछ ।

अमेरिकी मेडिकल जर्नल बि.एम.जेले अध्ययन गरेर केही जीवन उपयोगी जानकारी सार्वजनिक गरेको छ । उसले सुँगुरको मासुको परिकार र हट डग जस्ता रातो मासु प्रयोग भएका परिकारले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने जनाएको छ । रातो मासु खाँदा मानिसको औषत आयु घटाउने पनि अध्ययनले निष्कर्ष निकालेको छ । दैनिक आधा केजी रातो मासु खाँने व्यक्तिको बाँच्ने आयुको १० प्रतिशत अवधि घटाउने अध्ययनले देखाएको छ।

यसैगरी, हार्वर्ड स्कुल अफ पब्लिक हेल्थका पोषणविद् डा. फ्रान्क हु ले भनेका छन्, ‘हामीले रातो मासुको प्रयोग हटाई माछा, अन्न, दाल, कुखुराको मासु, र अरु तरकारीको प्रयोग गर्नु पर्छ । रातो मासुको खानकीले मृत्यु दर बढाउँछ र त्यसमा पनि प्रशोधित रातो मासु त झन् हानिकारक हुन्छ ।’

अध्ययनकर्ताले ५३ हजार ५५४ व्यक्तिमा अनुसन्धान गरेको दावी गरेका छन् । मानिसलाई हस्पिटलका नर्सहरुले रातो मासु खाने गरेको, नगरेको प्रश्न बनाएर ४ वर्षसम्म लगातार सोधेका थिए । प्रशोधन पछि डाटाहरुलाई रेकर्ड गरिएको थियो ।

अनुसन्धानकर्ताले रातो मासु कम खाने र अन्न, तरकारी र प्रोटिनयुक्त खानेकुरा बढि खाने मानिसमा अल्पायुमा मृत्युको असर कम हुने निश्कर्ष निकालेका थिए ।

डा.फ्रान्कका अनुसार रातो मासुको कम प्रयोग र प्रोटिनयुक्त खानेकुरा, हरिया सागसब्जीले मुटुका विरामी लगायत अन्य प्रकारका मृत्यु दर घटाउँछ ।

एरिजोना मायो क्लिनिकका डा. हिदर फिल्डस् भन्छिन्, ‘अध्ययन महत्वपूर्ण छ । रातो मासुको असरका बारेमा थाहा पाएर धेरै जनाले रातो मासु र प्रशोधित मासु खान छोडेका छन् ।’

के हो त रेड मीट ?

साउथर्न क्यालिफोर्नियाका जैविक विज्ञानका प्रोफेसर भालटर लङ्गो भन्छन, ‘रातो मासुका कारण आयु घट्नु एकदम नै दुखद कुरा हो । अमेरिकनहरु रातो मासु बढी प्रयोग गर्छन् । यसमा भएको प्रोटिन त कारक नै हो।’

रातो मासुले स्वास्थ्यमा गम्भीर असर पु¥याउने भउको हुँदा यसतर्फ सचेत हुनुपर्छ । यसो असर रोक्न हामीले खानेकुरा बदल्नु पर्छ । खानाको स्वादको लागि मात्र रुचाइनु राम्रो कुरा होइन त्यसले स्वास्थ्यमा कस्तो फाइदा पु¥याउँछ त्यसतर्फ पनि सचेत हुनु जरुरी छ ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ८ : ४७ बजे

गगन भन्छन् : २०१५ सालका बीपीलाई जस्तै बालेनलाई ऐतिहासिक अवसर मिलेको छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री वालेन्द्र शाहलाई अहिले

काठमाडौँ फिल्म फेस्टिभल गर्ने महानगरको योजना

काठमाडौं- काठमाडौं महानगरपालिकाले अन्तर्राष्ट्रियको चलचित्र महोत्सव आयोजना गर्ने योजना बनाएको

भीएआरले फिफालाई आपत् : स्विट्जरल्यान्डलाई दिइएको पेनाल्टीबारे के भन्यो ?

काठमाडौं- विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत कतार र स्विट्जरल्यान्डबीचको खेलमा भिडियो

राप्रपाले राष्ट्रवादी शक्तिको भूमिका निभाउन नसकेपछि नयाँ शक्ति बनायौँ : धवल शमशेर

काठमाडौं– राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट अलग भएका नेता  धवल शमशेर राणाले मुलुकमा

दुर्गा प्रसाईंको आरोप- राप्रपा राजा र धर्म साट्ने पार्टी हो

काठमाडौं– मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक