वर्षायाम लागेसँगै भक्तपुरका बासिन्दा त्रसित « Khabarhub

वर्षायाम लागेसँगै भक्तपुरका बासिन्दा त्रसित


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– वर्षायाम शुरु भएसँगै मध्यपुरथिमि, सूर्यविनायक र भक्तपुरका बासिन्दा दिनरात त्रासमा बसेका छन् । वर्षामा हनुमन्ते नदीमा आएको बाढी गत वर्षजस्तै बस्तीमा पसेर वितण्डा मच्चाउला भन्ने डर र त्रासमा यहाँका बासिन्दा बसेका हुन् ।

गत वर्ष असार २८ गते परेको भीषण वर्षाका कारण भक्तपुर नगरपालिकाको जगातीदेखि सल्लाघारीसम्म, मध्यपुरथिमि नगरपालिकाको राधेराधे क्षेत्र, कमेरोटार क्षेत्र, मध्यपुर अस्पताल, शङ्खधर चोक, अरनिको राजमार्ग, सागबारी, सूर्यविनायक नगरपालिकाका कटुञ्जे, बालकोटलगायतका क्षेत्रमा हनुमन्तेको बाढी पस्दा सयौं घर डुबानमा पर्नुका साथै करोडौँको क्षति भएको थियो ।

यस वर्ष हनुमन्ते करिडोर निर्माण शुरु भएसँगै हनुमन्तेको बाढी बस्तीमा नपस्ने आशामा बसेका यहाँका बासिन्दा भूमाफियाको चलखेलमा हनुमन्ते करिडोर निर्माण रोकिएसँगै उर्लिएको हनुमन्ते यस वर्ष पनि बस्तीमा पस्ने त्रासमा परेका छन् ।

अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले पहिलो चरणमा चार किलोमिटर करिडोर निर्माण गर्न सरकारको रु ८१ करोड लागतमा ठेक्का सम्झौता गरी २०७५ मङ्सिरदेखि हनुमन्ते करिडोरको निर्माणकार्य शुरु गरे पनि असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेको हनुमन्ते करिडोर निर्माण असार लागेलगत्तै रोकिएपछि ठप्प भएको ठेकेदार पिएस गोल्डेनगुड समानान्तर जेभीका कम्पनी प्रबन्ध सञ्चालक नीरज थपलियाले बताए । उनले प्रमुख जिल्ला अधिकारीबाट काम सञ्चालन गर्ने आदेश र सुरक्षा पाए शुरु गर्न सकिने बताए ।

जिल्लाको चारवटै नगरपालिका भएर बग्ने वाग्मतीको सहायक नदीको रूपमा रहेको हनुमन्ते नदी नौ किलोमिटर लामो छ । तीन चरणमा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको हनुमन्ते करिडोर पहिलो चरणमै काम रोकिएको हो ।

नदीको बहाव क्षेत्र २० मिटर, दायाँबायाँ २०–२० मिटरको फुटपाथसहितको सडक गरी ६० मिटर फराकिलो करिडोर निर्माणसँगै नदीको दुवैपट्टि ढुङ्गाको अग्लो पर्खाल निर्माण गरी नदीको पानी बस्तीमा पस्नबाट रोक्ने गरी हनुमन्ते करिडोर निर्माणकार्य अगाडि बढाएको सांसद महेश बस्नेतले बताए ।

उनले भने, “यो सानो प्रयासले आएको आयोजना होइन, धेरै दुःख गरेर दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ल्याएको योजना हो, समस्या भए छलफल गरेर समाधान गर्नुपर्छ, अरुको कुरा सुनेर विकास रोक्नु गलत हो, सधैँ रोक्न खोजे पन्छाएर गइन्छ ।”

भक्तपुरलाई बाढी र डुबानबाट जोगाउने, जाममुक्त भक्तपुर बनाउने, अरनिको राजमार्गको वैकल्पिक मार्गको रूपमा विकास गर्नेसमेत विभिन्न योजनासहित आएको हनुमन्ते कोरिडोर निर्माण रोकेर विकासमा अवरोध पुर्‍याउनु गलत भएको उनले बताए ।

उनले समस्या भए छलफल र सहमतिबाट टुङ्याउनुपर्ने बताउँदै विकासलाई यत्तिकै रोकेर राख्न खोजे विकासविरोधी तत्वलाई पन्छाएर काम अगाडि बढाइने बताए ।

मध्यपुरथिमि नगरपालिका क्षेत्रमा सञ्चालित ब्लक कारखानाले पर्खाल लगाएर दुई दशकदेखि कब्जा गर्दै आएको करोडौँ मूल्य पर्ने सात रोपनी सार्वजनिक जग्गा झिक्न पर्खाल भत्काएपछि भूमाफियाको चलखेलले हनुमन्ते करिडोरको काम रोकिएको स्थानीयवासीको गुनासो छ ।

राधेराधेबाट विनाअवरोध निर्माण हुँदै गएको करिडोर ब्लक कारखाना अगाडि पुगेपछि रोकिएको बताउँदै स्थानीय सरोकारवाला दामोदरप्रसाद श्रेष्ठले सार्वजनिक जग्गा हडप्न खोज्ने भूमाफियाले सांसदसमेतलाई प्रयोग गरी शक्तिको आडमा केही व्यक्तिको परिचालन गरी करिडोर निर्माण रोकेको बताए ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ११ : १७ बजे

 बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका गएको बाढीपहिरोले विभिन्न

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा– झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ

आठ घण्टापछि खुल्यो मुग्लिन-काठमाडौँ सडक

काठमाडौँ– पृथ्वीराजमार्ग अन्तर्गत चितवनको सिमलधारामा खसेको सुक्खा पहिरो पन्छाइएपछि नारायणगढ–काठमाडौँ

दाजुभाइको दीर्घायुको कामना गर्दै रानाथारू महिलाले मनाए तीज

कञ्चनपुर– छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारू समुदायका महिलाहरूले

नाइमा मोबिलिटी एक्स्पोको आज सकिँदै

काठमाडौँ– काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज