नायिकाको खुलासा – अश्लील सन्देश पठाएर सोध्थे, राजी हो ? « Khabarhub

नायिकाको खुलासा – अश्लील सन्देश पठाएर सोध्थे, राजी हो ?


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मलायालम कलाकार गायत्री सुरेशले आफूलाई एक निर्माताले गलत नियतले म्यासेज गरेको आरोप लगाएकी छिन् । उनले ती निर्माताले आफूसँग कम्प्रमाइज गर्न आग्रह गरेको खुलासा गरेकी छिन् ।

४ वर्षको फिल्म करिअरमा गायत्रीले आफूले यस्तो भोग्नुपरेको बताएकी हुन् । उनी अब छिट्टै फिल्म चिल्ड्रेन्स पार्कमा देखिनेछिन् ।

गायत्रीले एक रेडियो च्यानलसँग कुरा गर्दै आफूले कस्तो अवस्थाको सामना गर्नुपरेको थियो भन्ने कुरा शेयर गरेकी थिइन् ।

उनले भनिन्, ‘एकपटक मलाई कम्प्रमाइज गर्न भनिएको थियो ।’ शुरुवाती फिल्ममा उनलाई यसरी हेर्न खोजिएको थियो । उनले निर्माताले गलत माग गरेको पनि बताएकी थिइन् । गायत्रीले निर्माताको यस्तो भनाइका बेला केही पनि भन्ने नगरेको बरु त्यसपछि ती निर्मातालाई फर्केर पनि नहेरेको बताइन् ।

कार्यक्रम सञ्चालकद्वारा सोधिएको थियो, तपाईंले त्यस्तो गलत नियतका म्यासेजको किन जवाफ दिनुभएन ?

गायत्रीले त्यतिबेला आफूलाई जवाफ दिन उपयुक्त नलागेको र त्यस्ता व्यक्तिलाई इग्नोर गर्नु नै सबैभन्दा उत्तम लागेको बताइन् ।

नेपालमा पनि महिला कलाकारले यस्ता गुनासाहरु सुनाउने गर्छन् । फिल्म क्षेत्रमा मात्र होइन, रंगमञ्चमा पनि महिलाहरु शोषणमा पर्ने गरेको आरोप लगाइने गरिन्छ ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  १२ : ४६ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल