स्वस्थ र दीर्घायु जीवनका लागि यी कुरामा ध्यान दिनुहोस् « Khabarhub

स्वस्थ र दीर्घायु जीवनका लागि यी कुरामा ध्यान दिनुहोस्


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- दीर्घायु जीवन जिउने कसलाई रहर हुँदैन र ? हरेक मानिस लामो जीवन जिउन चाहन्छन् । स्वस्थ रहेर सय वर्षभन्दा बढी बाच्ने व्यक्तिको लागि त्यो भन्दा महत्वपूर्ण अरु के उपलब्धी हुन्छ होला र ? तर अहिलेको समयलाई हेर्ने हो भने ५० वर्षपछि देखिनै मानिसहरुमा विभिन्न किसिमका स्वास्थ्य समस्या देखा पर्न थाल्छन् ।

ब्लड प्रेसर, हृदयघात, मधुमेहलगायतका रोगबाट पीडित मानिसको संख्या अत्यधिक देखिन्छ । यसका साथै क्यान्सर जस्तो गम्भीर प्रकृतिको रोगसँग लड्ने मानिसको संख्यामा पनि बढोत्तरी भइरहेको देखिन्छ ।

त्यसैले स्वस्थ र लामो जीवन जिउने सम्बन्धमा स्वास्थ्य विज्ञहरुले गरेको खोजले केही नयाँ तथ्यहरु पत्ता लागेको छ । आउनुहोस् जानी राखौँ ।

स्वास्थ्य विज्ञहरुले विश्वभरमा ‘ब्लू जोन’ को विश्लेषण गरेका छन् । जसमा स्वस्थ जीवनशैली तथा आफ्नो जीवनलाई सकारात्मक विचारका साथ जीवन जिउने मानिसको उमेर लामो हुने तथ्य प्राप्त भएको छ । रिपोर्टहरुका अनुसार ‘ब्लू जोन’को विश्लेषण गर्नका लागि एक टीम निर्धारण गरिएको थियो, जसमा डाक्टर, मानशास्त्री, पोषणविदहरुसमेत थिए ।

‘ब्लू जोन’ एक मानवविज्ञान धारण हो । जसले दुनियामा धेरै सयम बाँच्ने मानिसको जीवनशैली तथा वातावरण बारे देखाउँछ । अध्ययनले के देखाएको छ भने दैनिक व्यायाम गर्ने व्यक्तिको शरीर चुस्त–दुरुस्त हुनेछ । व्यस्त जीवनशैलीमा पनि आफ्ना लागि समय निकाल्ने गर्नुहोस् ।

यसले पनि तपाईंको जीवन लामो बनाउनमा महत्वपूर्ण भूमिका खेल्ने छ । साथै तपाईंमा तनाव कम गराउँछ । यसैगरी साथीहरुसँगको भेटघाट पार्टी, किनमेल वा परिवारसँग समय बिताउँदा सँधै रक्सीको सेवनबाट टाँढा रहनुहोस् । मानिसलाई खुशी र लामो जीवन जिउन संगीतले पनि मानिसमा धेरै सकारात्मक असर गर्छ । त्यसकारण संगीत सुन्ने बानी गर्नुहोस् ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  १२ : ३१ बजे

टोखाबाट १९ लाख रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं– टोखा नगरपालिका-३ बस्ने तिल सरा पुर्जाको घरबाट सुनका विभिन्न गरगहना

हत्या आरोपमा एकजना पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका-१० इखम्बु बस्ने ४७ वर्षीय लीला प्रसाद राईको हत्या

धोबी खोलो सफाइमा उत्रिए हर्कका समर्थक (तस्बिरहरू)

काठमाडौं– धरानबाट सुरु भएको हर्क साम्पाङको श्रमदान अभियान काठमाडौं प्रवेश

भानु नगरका शिक्षकलाई ‘एआई’ तालिम

तनहुँ– तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि