स्वस्थ र दीर्घायु जीवनका लागि यी कुरामा ध्यान दिनुहोस् « Khabarhub

स्वस्थ र दीर्घायु जीवनका लागि यी कुरामा ध्यान दिनुहोस्


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- दीर्घायु जीवन जिउने कसलाई रहर हुँदैन र ? हरेक मानिस लामो जीवन जिउन चाहन्छन् । स्वस्थ रहेर सय वर्षभन्दा बढी बाच्ने व्यक्तिको लागि त्यो भन्दा महत्वपूर्ण अरु के उपलब्धी हुन्छ होला र ? तर अहिलेको समयलाई हेर्ने हो भने ५० वर्षपछि देखिनै मानिसहरुमा विभिन्न किसिमका स्वास्थ्य समस्या देखा पर्न थाल्छन् ।

ब्लड प्रेसर, हृदयघात, मधुमेहलगायतका रोगबाट पीडित मानिसको संख्या अत्यधिक देखिन्छ । यसका साथै क्यान्सर जस्तो गम्भीर प्रकृतिको रोगसँग लड्ने मानिसको संख्यामा पनि बढोत्तरी भइरहेको देखिन्छ ।

त्यसैले स्वस्थ र लामो जीवन जिउने सम्बन्धमा स्वास्थ्य विज्ञहरुले गरेको खोजले केही नयाँ तथ्यहरु पत्ता लागेको छ । आउनुहोस् जानी राखौँ ।

स्वास्थ्य विज्ञहरुले विश्वभरमा ‘ब्लू जोन’ को विश्लेषण गरेका छन् । जसमा स्वस्थ जीवनशैली तथा आफ्नो जीवनलाई सकारात्मक विचारका साथ जीवन जिउने मानिसको उमेर लामो हुने तथ्य प्राप्त भएको छ । रिपोर्टहरुका अनुसार ‘ब्लू जोन’को विश्लेषण गर्नका लागि एक टीम निर्धारण गरिएको थियो, जसमा डाक्टर, मानशास्त्री, पोषणविदहरुसमेत थिए ।

‘ब्लू जोन’ एक मानवविज्ञान धारण हो । जसले दुनियामा धेरै सयम बाँच्ने मानिसको जीवनशैली तथा वातावरण बारे देखाउँछ । अध्ययनले के देखाएको छ भने दैनिक व्यायाम गर्ने व्यक्तिको शरीर चुस्त–दुरुस्त हुनेछ । व्यस्त जीवनशैलीमा पनि आफ्ना लागि समय निकाल्ने गर्नुहोस् ।

यसले पनि तपाईंको जीवन लामो बनाउनमा महत्वपूर्ण भूमिका खेल्ने छ । साथै तपाईंमा तनाव कम गराउँछ । यसैगरी साथीहरुसँगको भेटघाट पार्टी, किनमेल वा परिवारसँग समय बिताउँदा सँधै रक्सीको सेवनबाट टाँढा रहनुहोस् । मानिसलाई खुशी र लामो जीवन जिउन संगीतले पनि मानिसमा धेरै सकारात्मक असर गर्छ । त्यसकारण संगीत सुन्ने बानी गर्नुहोस् ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  १२ : ३१ बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी