बसमा नक्कली परिचयपत्र देखाउँदै हुनुहुन्छ ? २ हजार रुपैयाँ जरिवाना तिर्नुपर्ला ! | Khabarhub Khabarhub

बसमा नक्कली परिचयपत्र देखाउँदै हुनुहुन्छ ? २ हजार रुपैयाँ जरिवाना तिर्नुपर्ला !



काठमाडौं– काठमाडौं महानगरपालिकाले रातिको समयमा सार्वजनिक यातायात चलाउनैपर्ने व्यवस्था गरेको छ ।  नयाँ व्यवस्था अनुसार अब व्यवसायीहरुले राति १० बजेसम्म बस चलाउनुपर्ने छ ।

महानगरले ‘काठमाडौं महानगरपालिका सवारी तथा यातायात व्यवस्थापन ऐन, २०७५’ राजपत्रमा प्रकाशित गर्दै पहिलोपटक सवारी तथा यातायातसम्बन्धी व्यवस्था गरेको हो ।

राजपत्रमा प्रकाशित ऐन अनुसार अब सार्वजनिक यातायातमा अनिवार्य टिकटको प्रयोग गरिनेछ । राजपत्रमा सवारी तथा यातायात व्यवस्थापन सम्बन्धि २८ वटा दफामा विभिन्न कुरा समावेश गरिएको छ ।

दफा ३ मा भनिएको छ ‘सार्वजनिक यातायातको संचालनमा कागजी र विद्युतीय गरी दुई प्रकारको यात्री टिकटको प्रयोग गर्न सकिनेछ’ ।
साथै इ—टिकेटिङ्गको व्यवस्था लागू हुनेछ भने यात्री टिकेटमा धुम्रपान, मद्यपान, सुर्तीजन्य पदार्थ र अश्लील विज्ञापन गर्न पाइने छैन ।

त्यस्तै दफा ५ मा टिकट अनिवार्य लिनुपर्ने व्यवस्था उल्लेख गरिएको छ । ‘महानगरपालिका क्षेत्रभित्र रुट कायम भइ सञ्चालन हुने सार्वजनिक यातायातका साधन प्रयोग गर्ने यात्रीले आफू चढ्ने बस बिसौनीमा वा सवारी साधन चढेपछि लगात्तै निर्धारित भाडा तिरी टिकट लिनुपर्नेछ’ ऐनमा भनिएको छ ।

दफा ७ को उपदफा ‘ठ’ मा भनिएको छ ‘कार्तिकदेखि माघसम्म बिहान ५ बजेदेखि राति ९ बजेसम्म र अन्य महिनाको हकमा बिहान ५ बजेदेखि राति १० बजेसम्म अनिवार्य रुपमा निर्धारित रुटमा सवारी साधन चल्ने व्यवस्था मिलाउने’ उल्लेख गरिएका छ ।

महानगरपालिकाले सहरी बस, बिजुली बस, वातावरणमैत्री बस, केबुल—कार, मोनो—रेल, मेट्रो—रेल जस्ता ठुला यातायातका साधनहरु सञ्चालनमा ल्याउने संस्था वा कम्पनीलाइ तोकिए बमोजिम विशेष सहुलियत दिन सक्ने दफा २३ मा उल्लेख गरिएको छ ।

सार्वजनिक यातायात सेवा प्रदायकले सर्वसुलभ, गुणस्तरीय राजपत्र अनुसार सेवा संचालन गरे/नगरेको अनुगमन हुनेछ भने सोही अनुसार काम नगरेको पाइएमा कानुन बमोजिम कारवाही हुनेछ ।

चालक हुन १० कक्षा पास

त्यस्तै काठमाडौं महानरपालिकाले राजपत्रमा प्रकाशन गरेको सवारी तथा यातायात व्यवस्थापन एन–२०७५ अनुसार सार्वजनिक यातायात सञ्चालन गर्ने संस्था वा कम्पनीले कम्तिमा दश कक्षा उत्तीर्ण गरेका व्यक्तिलाई चालक तथा परिचालकमा नियुक्त गर्ने व्यवस्था गरेको छ ।

ऐनको परिच्छेद ३ अन्तर्गत दफा ७ को उपदफा २ ‘छ’ मा भनिएको छ– कम्तीमा दश कक्षा उत्तीर्ण गरेका व्यक्तिलाई चालक तथा परिचालकमा नियुक्ति गर्ने ।

नक्कली कार्ड देखाए २ हजार जरिवाना !

ऐनमा सवारी चढ्ने यात्री कर्तव्य र निषेधित कार्यबारेपनि उल्लेख गरिएको छ ।

ऐनको परिच्छेद–५ अन्तर्गत दफा ११ को उपदफा २ मा निर्धारित भाडा नतिरी यात्रा गर्ने वा गर्न प्रयत्न गर्ने, अन्य व्यक्तिको लागि आरक्षित गरिएको सिटमा बस्ने, टिकट नलिने, म्याद सकिएको परिचयपत्र देखाइ भाडा छुटका लागि दाबी गर्ने र नक्कली परिचयपत्रबाट सुविधा लिन प्रयत्न गर्ने कार्यहरु यात्रुले गर्न नहुने व्यवस्था गरिएको छ । यदी यस्ता कार्य भएको खण्डमा सजाय हुने व्यवस्था ऐनमा गरिएको छ ।

ऐनको दफा १७ मा सजाय सम्बन्धि व्यवस्था गरिएको छ । जसको उपदफा ग अनुसार माथि उल्लेखित कसुर गर्ने यात्रीलाई पहिलो पटकको लागि रु १ हजार र दोस्रोपटकदेखि प्रत्येक रु २ हजार जरिवाना हुने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  १ : ३० बजे

आज २०८१ साल वैशाख २७ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको