द्वन्द्वको कथामा आधारित नाटक ‘अझै दुख्छ घाउ’ को मञ्चन « Khabarhub

द्वन्द्वको कथामा आधारित नाटक ‘अझै दुख्छ घाउ’ को मञ्चन


१९ असार २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – काठमाडौंस्थित शैली थिएटरमा द्वन्दवपीडितको कथालाई चित्रण गरिएको नाटक ‘अझै दुख्छ घाउ’ को मञ्चन गरिएको छ ।

उक्त नाटक महिला, कानून र विकास मञ्चले आयोजन गरेको फोटो प्रदर्शनीको उद्घाटन समारोहमा मञ्चन गरिएको हो । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माको प्रमुख आतिथ्यमा बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको पाँच दिनसम्म चल्ने यो कार्यक्रममा नाटक मञ्चनसँगै द्वन्द्व र द्वन्द्व पिडितबारे फोटो प्रदर्शनी, वृतचित्र प्रर्दशनी गरिनुका साथै छलफल समेत गरिनेछ ।

मञ्चन गरिएको नाटकले द्धन्द्धका क्रममा मानसिक सन्तुलन गुमाएकी राधिका र तहसनहस भएको उनको परिवारको पीडालाई कथानक बनाएर नाटकमा प्रस्तुत गरेको छ ।

शैली थिएटरका कार्यक्रम संयोजक नारायण न्यौपानेको लेखन तथा निर्देशनमा तयार गरिएको यस नाटकमा प्रियंका चौधरी, देबेन्द्र बब्लु, सुवास सुवेदी, रोबिन तामाङ, करिश्मा केसी, सुरन्जन शर्मा, राज सुवेदी, निर्भिक भट्टराई, रुपक काफ्ले, प्रकृस्ट रेग्मीले अभिनय गरेका थिए ।

प्रकाशित मिति : १९ असार २०७६, बिहिबार  ४ : ५६ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो