द्वन्द्वको कथामा आधारित नाटक 'अझै दुख्छ घाउ' को मञ्चन | Khabarhub Khabarhub

द्वन्द्वको कथामा आधारित नाटक ‘अझै दुख्छ घाउ’ को मञ्चन


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – काठमाडौंस्थित शैली थिएटरमा द्वन्दवपीडितको कथालाई चित्रण गरिएको नाटक ‘अझै दुख्छ घाउ’ को मञ्चन गरिएको छ ।

उक्त नाटक महिला, कानून र विकास मञ्चले आयोजन गरेको फोटो प्रदर्शनीको उद्घाटन समारोहमा मञ्चन गरिएको हो । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माको प्रमुख आतिथ्यमा बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको पाँच दिनसम्म चल्ने यो कार्यक्रममा नाटक मञ्चनसँगै द्वन्द्व र द्वन्द्व पिडितबारे फोटो प्रदर्शनी, वृतचित्र प्रर्दशनी गरिनुका साथै छलफल समेत गरिनेछ ।

मञ्चन गरिएको नाटकले द्धन्द्धका क्रममा मानसिक सन्तुलन गुमाएकी राधिका र तहसनहस भएको उनको परिवारको पीडालाई कथानक बनाएर नाटकमा प्रस्तुत गरेको छ ।

शैली थिएटरका कार्यक्रम संयोजक नारायण न्यौपानेको लेखन तथा निर्देशनमा तयार गरिएको यस नाटकमा प्रियंका चौधरी, देबेन्द्र बब्लु, सुवास सुवेदी, रोबिन तामाङ, करिश्मा केसी, सुरन्जन शर्मा, राज सुवेदी, निर्भिक भट्टराई, रुपक काफ्ले, प्रकृस्ट रेग्मीले अभिनय गरेका थिए ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ४ : ५६ बजे

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड