मनाङे पार्टी प्रवेश गर्दा नेकपाका युवा नेता किन रिसाए ? « Khabarhub

मनाङे पार्टी प्रवेश गर्दा नेकपाका युवा नेता किन रिसाए ?


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मनाङ जिल्ला निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेपछि नेकपा वृत्तमा यसको चर्चा चलिरहेको छ ।

नेकपा गण्डकी प्रदेश कमिटीद्वारा बिहीवार आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा गण्डकी प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले मनाङे र नेत्रविक्रम चन्द समूह कास्की जिल्ला सचिवालय सदस्य पुष्प कार्कीलाई टीका खादासहित नेकपाको सदस्यता हस्तान्तरण गरे ।

कार्यक्रममा मुख्यमन्त्री गुरुङले लोकतान्त्रिक विधि र प्रक्रियाबाटै नेपालका कम्युनिष्टले सरकारको नेतृत्व गरिरहेको उल्लेख गर्दै मुलुकका सबै कम्युनिष्ट एकताबद्ध हुनुपर्नेमा जोड दिएका थिए ।

विध्वंसात्मक गतिविधि सञ्चालन गर्दै आएकाहरु मूलधारको राजनीतिमा आउनाको विकल्प नभएको बताउँदै उनले जनताका लागि यस्ता क्रियाकलाप सह्य नहुने बताए ।

‘दीपक मनाङे’को प्रवेशसँंगै गण्डकी प्रदेशसभामा नेकपाको स्पष्ट दुई तिहाइ बहुमतसमेत भएको छ ।

नेकपा मनाङका अध्यक्ष एवम् सङ्घीय सांसद पाल्डेनथोपान गुरुङले प्रदेशसभा सदस्य गुरुङ(मनाङे) पार्टीमा प्रवेश गरेसंँगै मनाङ जिल्ला कम्युनिष्टमय हुने विश्वास व्यक्त गर्दै यसबाट जिल्लाको समग्र विकासमा समेत टेवा पुग्ने बताए ।

पार्टी नेताहरुले गरे आलोचना

नेकपाको मनाङ जिल्ला कमिटीका अध्यक्ष पाल्डेनथोपानले मनाङे नेकपामा प्रवेश गरेसँगै मनाङ कम्युनस्टिमय हुने विश्वास व्यक्त गरिरहेका बेला नेकपाका युवा नेता योगेश भट्टराईले भने मनाङे नेकपा प्रवेशको विरोध गरेका छन् ।

मनाङेको नाम नलिइकन भट्टराईले भने‘राजनीतिक पार्टीलाई मान्छे त चाहिन्छ नै तर कस्ता मान्छे ? कस्ता कस्ता ल्यायौ ? कस्ता कस्ता ल्याउँदै छौं ? परिणाम् के भैरहेको छ ? राम्ररी विचार गरौं है !’

त्यस्तै नेकपाका अर्का युवा नेता लेखनाथ न्यौपानलेले पार्टीभित्र अनेकौं दीपक मनाङ््गे रहेको भन्दै कोकोहोलो गर्नु नपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमा न्यौपानेले लेखेका छन्,‘अनगिन्ती मनाङे पार्टीमा पहिल्यै छन्, थिए । एउटा थपिएको मात्र हो । जाबो एउटा मनाङ्गे थपिँदा के को कोकोहोलो हो कुन्नी ?’

त्यस्तै नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले पनि मनाङ्गेको नेकपा प्रवेशको विरोध गरेका छन् । ‘काठमाडौंका गल्ली गल्लीमा अझैपनि दिपक मनाङेका ब्यक्ति हत्या , लुटपाट र अन्य अपराधका हजारौं किस्सा छन् । अदालत , प्रहरी र जनजनमा मनाङ्गेका मुद्दाका फेहरिस्त छन् । वांचुञ्जेल जनतालाई दुस्ख दिने यस्ता अपराधीलाई राख्ने राख्ने ठाउँ जेल हो , कम्युनिष्ट पार्टी किमार्थ हैन । नेकपा नेतृत्व गण चुनाव फेरि पनि आउंछ। हेक्का रहोस् ।’ बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन् ।

मनाङ ‘ख’ बाट निर्वाचित गुरुङले नेकपाकै सहयोगमा चुनाव जितेका थिए । ज्यान मार्ने उद्योग सम्बन्धी पुरानै मुद्दाको क्रममा पक्राउ परेका उनले सपथ २०७५ माघ १४ गते प्रदेश सभा सांसदको सपथ लिएका थिए ।

प्रदेशसभा निर्वाचन अघि तत्कालिन वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थिए । तर सर्वत्र विरोध भएपछि नेकपाले उनलाई दिएको समर्थन फिर्ता लिएको थियो तर पनि वाम गठबन्धनले अर्को उम्मेदवार उठाएको थिएन । र मनाङले चुनाव जिते पनि ।

ज्यान मार्ने उद्योगसम्बन्धी पुरानो मुद्दामा सर्वोच्चले गरेको फैसलाका कारण उनले शपथ लिन पाएका थिएनन् । उनी करिव ८ महिना जेल बसे । पछि सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएपछि उनी छुटेका थिए र सांसदको शपथ लिएका थिए ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ४ : ३७ बजे

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ– कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला ?  सहजै

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कुट्नेविरुद्ध अभद्र व्यवहारको मुद्दा

काठमाडौँ – काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार

प्रतिनिधिसभाको बैठक बस्दै : प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको

आज इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

काठमाडौँ – इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल)