लाम्पार्ड चेल्सीका मुख्य प्रशिक्षक नियुक्त « Khabarhub

लाम्पार्ड चेल्सीका मुख्य प्रशिक्षक नियुक्त


१९ असार २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चेल्सीका पूर्व मिडफिल्डर फ्याङक लाम्पार्ड तीन वर्षका लागि चेल्सीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । बिहीबार लाम्पार्डले चेल्सीसँग ३ वर्षे सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

४१ वर्षीय लाम्पार्डले १३ वर्ष खेलाडीका रुपमा चेल्सीमा विताएका थिए । केही समय अगाडि चेल्सीका प्रशिक्षक माउरिजियो सारी इटालियन क्लब युभेन्टस गएपछि लाम्पार्डले चेल्सीमा मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका हुन् ।

इंग्ल्यान्ड राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी लाम्पार्डले चेल्सीका लागि ६ सय ४८ खेल खेलेका थिए । जसमा उनले ११ वटा उपाधि चेल्सीलाई दिलाए । उनले क्लबमा प्रशिक्षकका रुपमा फर्किन पाउँदा गर्व महसुस भएको बताएका छन् ।

‘मलाई गर्व महसुस भइरहेको छ कि म आज चेल्सीको मुख्य प्रशिक्षकमा रुपमा फर्किइरहेको छु,’ लाम्पार्डले भने,‘हरेकलाई थाहा छ यो क्लबलाई म कति माया गर्छु भन्ने कुरा र इतिहास जुन हामीले आदान प्रदान गरेका थियौं । यद्यपी म मेरो काममा ‘फोकस’ हुन्छु र आगामि सिजनका लागि टिमलाई तयार गर्छु ।’

लाम्पार्डले यो सिजनमा क्लबलाई राम्रो स्तरमा पुर्‍याउने योजनासहित केही दिन भित्रै अभ्यास शुरु गरिहाल्ने बताएका छन् ।

प्रकाशित मिति : १९ असार २०७६, बिहिबार  ५ : २९ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या