नव-दुलहीले पतिको परिवारलाई कसरी खुशी राख्ने ? प्रिय बुहारी बन्ने १० टिप्स « Khabarhub

नव-दुलहीले पतिको परिवारलाई कसरी खुशी राख्ने ? प्रिय बुहारी बन्ने १० टिप्स


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

कुनै पनि नारी जब विवाह गरेर अर्को घरमा भित्रिन्छिन्, उनको हरेक कुरामाथि सबैको चासो हुन्छ । शिल स्वभावका साथै उनले सिकेको संस्कार, व्यवहार सबै कुरा नियाल्ने गरिन्छ । यस्तो अवस्थामा हरेक नारीलाई लाग्न सक्छ के म असल बुहारी बन्न सक्छु ? परिवारका सबै सदस्यलाई खुशी राख्न सक्छु ? यस प्रकारको प्रश्न उठ्नु स्वभाविक पनि हो ।

परिवारका सदस्य, त्यहाँको वस्तुस्थिती, परिवारको रहनसहन, बानी व्यवहार, चालचलन भिन्न हुनसक्छ । अर्थात आफु हुर्किएको पारिवारिक वातावरणसँग मेल नखान सक्छ । यस्तो अवस्थामा हरेक नव-दुलहीले आफुलाई फरक परिवेश, फरक रहनसहन, फरक व्यक्तिहरुमाझ समायोजन गर्नुपर्ने हुन्छ ।

परिवारको रहनसहन बुझेर आफुलाई त्यही अनुरुप प्रस्तुत गर्नुपर्ने हुन्छ । कतिपय बुहारी यस्ता पनि हुन्छन्, जसले परिवारले मान्दै आएको संस्कार अंगाल्न चाहँदैनन् । यसले परिवारमा कलह हुन्छ । तर, कति बुहारी यस्ता हुन्छन्, जसले परिवारलाई थप सुमधुर र बलियो बनाउने भूमिका निर्वाह गर्छन् ।

नव दुलही बनेर जुन घरमा भित्रिएको हो, सुरुवाती दिनहरुमा त्यो घर बिरानो लाग्नसक्छ । त्यहाँको चालचलनमा अभ्यस्त हुन गाह्रो हुनसक्छ । यद्यपी, त्यो घरको साँचो त्यही बुहारीकै हातमा आउने हो र उनैले सम्हाल्ने हो । परिवारलाई कसरी स्वस्थ्य र खुसी राख्ने भन्ने कुरा उनैमा भर पर्छ । यहि मानसिकता बनाएर घर परिवारलाई सकेसम्म राम्रो बनाउने प्रयास गर्नुपर्छ ।

कसरी जित्ने परिवारको मन ? आउनुहोस् जानी राखौँ

१. सबैभन्दा पहिला सासु र ससुरालाई आफ्नै आमाबुवा सम्झनुपर्छ । आमाबुवालाई जस्तै व्यवहार गर्नुपर्छ । देवर, नन्दलाई भाइ-बहिनीको जस्तै प्रेम गर्ने, मार्गदर्शन दिने गर्नु पर्छ । अरु सबैप्रति प्रेमपूर्वक समान व्यवहार गर्नुपर्छ ।

२. परिवारका सदस्यले के मन पराउँछ, के मन पराउँदैनन् ? ध्यान राख्नुपर्छ । उनीहरुलाई गुनासो गर्ने मौका दिनुहुन्न ।

३. तपाईंको पतिसँग घरको सबै जिम्मेवारी हुन्छ । यदि तपाईंको लागि समय निकाल्न सकेनन् भने रिसाउने वा गलत सोच्ने नगरौँ । आखिर पतिले आफ्नो सम्पूर्ण जीवन तपाईसँग बिताउने हो । पतिको समस्या, भावना, जिम्मेवारीलाई बुझ्नु पर्छ ।

४. यदि तपाई पतिसँग बाहिर घुम्न जानुभएको छ भने घरका सदस्यहरुका निम्ति केही न केही कोसेली ल्याइदिनुहोस्, यसले परिवारप्रति तपाईंको समर्पण कति छ भन्ने कुरा देखाउँछ ।

५. एउटै छानोमुनी बसेपछि कहिलेकाहीँ ठाकठुक पर्छ, मनमुटाव हुन्छ । परिवारका सदस्यहरु आपसमा रिसाउन, झगडा गर्न सक्छन् । तर, यस्तो कुरा अर्कोलाई सुनाउने नगरौँ । एउटाको कुरा अर्कोलाई सुनाउने प्रवृत्ति पनि राम्रो होइन । यसले तपाईप्रतिको विश्वास कमजोर हुन्छ ।

६. घरको चालचलन कस्तो छ, संस्कार के छ भन्ने कुरा जान्नैपर्छ । अतः परिवारको संस्कारलाई कुशलतापूर्वक सम्पन्न गर्न आफ्नो भूमिका के हुनसक्छ ? खोज्नुहोस् ।

७. यदि तपाईं खाना बनाउन सिपालु हुनुहुन्छ भने, यही माध्यमबाट परिवारको मन जित्न सक्नुहुन्छ । उनीहरुलाई मन पर्ने खाना तयार गर्नुहोस् । त्यस्तै घरको सरसफाइ, सजावटमा पनि तपाई‌ंको कला देखाउनुहोस् ।

८. पहिरन सजिलो र छरितो लगाउनुपर्छ । यद्यपि बुहारी भएपछि पुरानो ढर्राको हुनुपर्छ भन्ने छैन । तपाईं पनि आफुलाई फेसेनेबल देखाउन सक्नुहुनेछ । यद्यपि त्यो भड्किलो र नसुहाउँने हुनुहुँदैन । यस्तो पहिरन लगाउनुहोस्, जसले तपाईंलाई शालिन, सुशील देखियोस् ।

९. घरलाई सुखी र खुसी राख्ने प्रयास गर्नुहोस् । आफ्नो कर्तव्य पूरा गर्नुहोस् । सही समयमा खाना पकाउने, ख्वाउने गर्नुहोस् ।

१०. सकारात्मक माहौल बनाउनुहोस् । सधैँ खुसी एवं प्रशन्न रहने प्रयास गर्नुहोस् । विनम्रतापूर्वक प्रस्तुत हुनुहोस् ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ६ : ०२ बजे

आईपीएल : इलिमिनेटरमा राजस्थान र हैदरावाद भिड्दै

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज इलिमिनेटर खेल

नेपाल प्रेस युनियनले आज ३५औँ स्थापना दिवस मनाउँदै, विधान महाधिवेशनको आयोजना

काठमाडौँ– लोकतन्त्रवादी पत्रकारहरूको साझा संगठन नेपाल प्रेस युनियनले आज देशभर

राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

पोखरा बसपार्कको जग्गा छानबिन गर्न समिति गठन

कास्की– पोखरा महानगरपालिका–९ स्थित पोखरा बसपार्क निर्माणका लागि २०३० सालमा

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी– मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गतको