स्वतन्त्रता दिवसका दिन अमेरिकामा सैनिक परेड ! « Khabarhub

स्वतन्त्रता दिवसका दिन अमेरिकामा सैनिक परेड !


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंटन डीसी– अमेरिकाको इतिहासमै पहिलो पटक स्वतन्त्रता दिवसका दिन बिहीबार सैन्य परेडको आयोजना हुँदैछ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको चाहना अनुसार स्वतन्त्रता दिवसका दिन जुलाई ४ मा राजधानी वाशिंटन डीसीको लिंकन स्मारकमा परेडको आयोजना हुन लागेको हो । परेडलाई ‘सल्यूट टु अमेरिका’ नाम दिइएको छ ।

फ्रान्समा केही वर्षअघि भएको बस्टाइल डे परेडमा सहभागी भएका ट्रम्पले त्यसबेला देखि नै अमेरिकामा पनि सैनिक परेड आयोजना गर्ने चाहना राखेको थिए । सोही अनुसार यसवर्षको जुलाई ४ का दिन सैनिक परेड आयोजना हुन लागेको हो ।

स्थानीय समयअनुसार बिहीबार ३ बजे देखि दर्शकका लागि परेड खुला हुने जनाइएको छ । परेड हेर्न चाहने हरेकलाई निशुल्क व्यवस्था भएपनि ट्रम्प नजिकका केहीलाई भने विशेष अतिथीको निम्तो दिइएको छ । राष्ट्रपति ट्रम्पले स्थानीय समयअनुसार बिहीबार बेलुकी साढे ६ बजे लिंकन स्मारकबाट सम्बोधन गर्ने कार्यक्रम छ ।

कार्यक्रमलाई फक्स न्यूज र सी स्पानलगायतका केही अमेरिकी टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछन् । यद्यपि अमेरिकाको अर्को प्रभावशाली टेलिभिजन एमएसएनबीसीले भने उक्त कार्यक्रमको प्रत्यक्ष प्रसारण नगर्ने जनाएको छ । त्यस्तै, सीएनएनले पनि परेडको प्रत्यक्ष प्रसारण गर्ने नगर्नेबारे निर्णय नगरिसकेको जनाएको छ ।

परेडमा लडाकु विमान, सैनिक तथा सानो सङ्ख्यामा ट्यांकको सहभागिता रहने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । परेडमा सैन्य कौशल, सङ्गीत, हवाई शौकल प्रदर्शन हुने जनाइएको छ । यसअघि राष्ट्रपति ट्रम्पले परेडमा अत्याधुनिक शेर्मन ट्यांकको सहभागिता रहने जनाएका थिए । तर सन् १९५० यता शेर्मन ट्यांकको उत्पादन बन्द भएकाले उनले कस्तो किसिमको शेर्मन ट्यांकको कुरा गरेका हुन् भन्नेबारे स्पष्ट नभएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

त्यस्तै, वाशिंटन डीसीको शहर परिषद्ले भने निकै गह्रौं ट्यांकका कारण स्थानीय पूर्वाधारमा क्षति पुग्ने भन्दै चिन्ता व्यक्त गरेको छ । यद्यपि शहर प्रशासनले ट्रम्पको परेडलाई रोक्न सक्ने सम्भावना भने नरहेको बताइएको छ ।

आलोचक र विपक्षीहरुले भने ट्रम्पले आयोजना गर्न लागेको परेडलाई प्रोपागाण्डा र उपलब्धीहीन कामको संज्ञा दिएका छन् । उनीहरुले सैन्यकरणलाई महत्व दिने काम अमेरिकी मान्यताविपरीत रहेको भन्दै आलोचना गरेका हुन् । त्यस्तै, उनीहरुले यो परेडलाई ट्रम्पले राजनीतिक फाइदाका लागि उपयोग गर्नसक्ने भन्दै विरोध समेत गरेका छन् ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ६ : ५२ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट