मनाङ्गे नेकपा प्रवेशसँगै योगेश भट्टराईले जनाए आपत्ति « Khabarhub

मनाङ्गे नेकपा प्रवेशसँगै योगेश भट्टराईले जनाए आपत्ति


१९ असार २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य तथा सांसद योगेश भट्टराईले राजिव गुरुङ (दीपक मनाङ्गे) नेकपामा प्रवेश गरेकोमा आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जालमा ट्वीट गर्दै आपराधिक पृष्ठभूमिका मनाङ्गेलाई पार्टीमा प्रवेश गराएको आपत्ति जनाएका हुन् ।

उनले ट्वीटमा लेखेका छन्,‘राजनीतिक पार्टीलाई मान्छे त चाहिन्छ नै तर कस्ता मान्छे ल्यायौँ ? कस्ता कस्ता ल्याउँदै छौँ ? परिणाम के भैरहेको छ ? राम्ररी विचार गरौ है ?’

मनाङ ‘ख’ बाट स्वतन्त्र निर्वाचित सांसद मनाङ्गे विहीबार नेकपामा प्रवेश गरेका हुन् । नवप्रवेशी सांसद मनाङ्गेलाई प्रदेश मुख्यमन्त्री तथा नेकपा प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले अबिर र माला लगाएर पार्टीमा भित्र्याएका हुन् ।

मनाङ्गे मनाङबाट स्वतन्त्र सांसदका रूपमा प्रदेशसभाका निर्वाचित भएका थिए । उनलाई तत्कालीन नेकपाको सहयोग थियो । केही समयअघि अदालतबाट सफाइ पाएका थिए ।

मनाङ्गे नेकपा प्रवेश गरेसँगै गण्डकी प्रदेशमा नेकपाको दुई तिहाई बहुमत पुगेको छ ।

प्रकाशित मिति : १९ असार २०७६, बिहिबार  ८ : ०७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया