वडाध्यक्षले घुस मागेपछि... | Khabarhub Khabarhub

वडाध्यक्षले घुस मागेपछि…


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारा जिल्ला महागढीमाई नगरपालिका–६ का वडाध्यक्ष रामजीप्रसाद बरैविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अध्यक्ष बरैले संसद् विकास कोषबाट प्राप्त भएको विद्यालयको ‘कम्पाण्ड वाल’ बनाउन उपभोक्ता समिति गठन गरी काम गर्नुपूर्व नै सेवाग्राहीसँग रु दुई लाख ७५ हजार बराबरको घुस मागेको आयोगले आरोप लगाएको छ । आयोगको हेटौँडाबाट गएको टोलीले अध्यक्ष र सोही वडाका मुसहर बैठालाई घुस लिँदालिँदै पक्राउ गरेको जनाएको छ ।

आयोगका अनुसार अध्यक्ष बैठाले उपभोक्ता समितिको अध्यक्ष बनाइदिने र सो काम गर्न नसके जसरी भए पनि काम दिलाइदिने भन्दै घुस मागेको पाइएको छ । आरोपी बैठालाई बिगो असुल गरी कैद सजायको समेत माग गरिएको छ ।

यस्तै घरेलु तथा साना उद्योग विकास समिति रोल्पाका खरीदार नीता शर्मालाई रु ७० हजार घुस लिएको आरोपमा पक्राउ गरेको छ । कार्यालयले खरीद गरेको सामानको भुक्तानी प्रयोजनका लागि कमिशन मागेको आयोगले जनाएको छ । आयोगको बुटवलबाट गएको टोलीले बुटवल नगरपालिका–२ मनकामना मन्दिरबाट पक्राउ गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ८ : ४९ बजे

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्छ : उपेन्द्र यादव

 मोरङ– जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले जनताले

बङ्गलादेशमा चट्याङ लागेर १४ जनाको मृत्यु

ढाका– बङ्गलादेशका विभिन्न क्षेत्रमा आएको आँधी र चट्याङका कारण कम्तीमा

गोरखानाथ मन्दिरमा सवा लाख रोट महोत्सव 

गोरखा– प्रसिद्ध धार्मिकस्थलका रूपमा रहेको गोरखाको गोरखनाथ मन्दिरमा आजदेखि सवा

‘वन संरक्षणका साथै काठको सदुपयोग गर्नेतर्फ ध्यान दिन जरुरी’

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन संरक्षणका साथै