लगानी भित्र्याउने उद्देश्यका साथ ‘नेपाल चेम्बर एक्स्पो’ हुँदै « Khabarhub

लगानी भित्र्याउने उद्देश्यका साथ ‘नेपाल चेम्बर एक्स्पो’ हुँदै


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्यात प्रवर्द्धन तथा वैदेशिक लगानीलाई भित्र्याउने मुख्य उद्देश्यसहित नेपाल चेम्बर अफ कमर्सले आगामी फागुनको दोस्रो साता ‘नेपाल चेम्बर एक्स्पो’ आयोजना गर्ने भएको छ ।

नेपाल चेम्बर अफ कमर्शले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी फागुनको १३ गतेदेखि १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सो एक्स्पो आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

यस वर्ष भने एक्स्पोमा उपभोक्ता हितसँग सम्बन्धित जनचेतनामूलक कार्यक्रमलाई पनि समावेश गर्ने तयारी गरिएको नेपाल चेम्बर अफ कमर्शका संस्थापक अध्यक्ष राजेशकाजी श्रेष्ठले जानकारी दिए ।

एक्स्पोमा २ सय ५० वटा भन्दा बढि स्टलहरु रहने र त्यसमा ९० वटाजति स्टलहरुमा अन्तराष्ट्रिय कम्पनीहरु सहभागी हुनेछन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा ५ दिनसम्म चल्ने एक्स्पोमा भारत, चीन, जापान, फ्रान्सलगायत मुलुकहरु सहभागी हुने पनि नेपाल चेम्बर अफ कमर्शले जनाएको छ ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ९ : ०६ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।