एक वर्षमै साढे ५३ अर्ब रुपैयाँ बेरुजु | Khabarhub Khabarhub

एक वर्षमै साढे ५३ अर्ब रुपैयाँ बेरुजु


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं । सरकारले अघिल्लो आर्थिक वर्ष २०७४७५ मा औचित्य पुष्टि हुन नसकेको स्रोतमा साढे ५३ अर्ब रुपैयाँ खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयबाट भएको वार्षिक आन्तरिक लेखापरीक्षणअनुसार सो आवमा ५३ अर्ब ५८ करोड आठ लाख रुपैयाँ बेरुजु देखिएको छ।

सो आवमा सरकारले चालु, पुँजीगत तथा वित्तीय व्यवस्थातर्फ कुल १० खर्ब ८४ अर्ब ६८ करोड २० लाख रुपैयाँ बजेट खर्च गरेको समाचार नयाँ पत्रिका दैनिकमा छ। आन्तरिक लेखा परीक्षणमा कुल बजेट खर्चका ४.९४ प्रतिशत बेरुजु देखिएको छ।

नियमअनुसार खर्चको पुष्टि हुन नसके, खर्चको कागजात पेस गर्न नसके, पेस्की फस्र्योट हुने नसकेको रकमलाई बेरुजु मानिन्छ। महालेखा नियन्त्रक कार्यालय मातहतका कोष तथा लेखा नियन्त्रक कार्यालयबाट गरिएको आन्तरिक लेखा परीक्षणबाट उक्त रकम बराबरको बेरुजु देखाएको कार्यालयले उल्लेख छ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  १० : ५० बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको