पोग्वा युनाइटेडमै रहन्छन्- प्रशिक्षक सोल्सायर « Khabarhub

पोग्वा युनाइटेडमै रहन्छन्- प्रशिक्षक सोल्सायर


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर क्लब म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले मिडफिल्डर पाउल पोग्वा युनाइटेडमै रहने बताएका छन् । उनले शनिबार राति मिडियासँग कुरा गर्दै पोग्वा युनाइटेडमै रहनेमा कुनै शंका नरहेको स्पष्ट पारे ।

नयाँ सिजन शुरु हुनु अगाडि सरुवा बजार खुल्ला रहेको हुँदा पोग्वाले युनाइटेड छाड्ने सम्भावना रहेको आँकलनका बीच सोल्सायरले आफ्ना स्टार खेलाडीले नयाँ सिजन पनि युनाइटेडबाटै खेल्ने बताएका हुन् ।

पोग्वाले स्पेनिस महारथि रियल मड्रिड जान चाहेको कुरा बजारमा हल्ला भइरहँदा सोल्सायरले आफ्ना स्टार यो सिजन पनि युनाइटेडमै रहने बताएका हुन् ।
प्रि सिजनको अन्तिम एसी मिलानसँगको खेलमा पोग्वा कार्डिफ गएका थिएनन् । उक्त कुरालाई स्पष्ट पार्दै सोल्सायरले भने,‘मैले तयारीका क्रममा उनीसँग कुरा गरेको थिए । पोग्वालाई यात्रा गर्न कठिन थियो । तर, त्यो चोट नभएर दुखाइ मात्रै हो ।’

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  १० : १९ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६