मापसे गरेर विमान उडाउन लागेका पाइलट विमानस्थलबाटै पक्राउ « Khabarhub

मापसे गरेर विमान उडाउन लागेका पाइलट विमानस्थलबाटै पक्राउ


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा नेपालमा ट्राफिक प्रहरीको फन्दामा परेको समाचार सुन्नु भएको होला ।

कतिपयले मापसे गरेर सवारी चलाएका कारण कारवाही पनि भोग्नु भएको होला । यस्तै घटना  घटेको छ त्यो पनि पाइलटमाथि ।

अमेरिकी वायुसेवा कम्पनी युनाइटिड एअरलाइन्सका दुई विमानचालक मादक पदार्थ सेवन परीक्षणमा उत्तीर्ण हुन नसकेपछि पक्राउ परेका छन् ।

स्कटल्यान्डको ग्लास्गोबाट न्यूयोर्क उडान गर्ने तयारी भइरहेको अवस्थामा उनीहरूलाई विमानस्थलबाट नियन्त्रणमा लिइएको थियो।

४५ र ६१ वर्षीय विमानचालकहरू प्रहरी हिरासतमा रहेका छन् । उनीहरु मङ्गलवार अदालतमा उपस्थित हुने अपेक्षा गरिएको छ।

स्कटल्यान्ड प्रहरीले आफूहरूलाई विमानस्थल बोलाइएको पुष्टि गरेको छ। यूए १६२ ले उडान गर्नुअघि त्यसका चालकहरू पक्राउ परेका हुन्।

युनाइटिड एअरलाइन्सले एउटा विज्ञप्ति जारी गर्दै यात्रुहरू र चालकदलका सदस्यहरूको सुरक्षा “सधैँ आफ्नो उच्च प्राथमिकतामा पर्ने” उल्लेख गरेको छ । “हामी हाम्रा सबै कर्मचारीहरूको उच्च मूल्याङ्कन गर्छौँ र हाम्रो नीति मदिरासेवनप्रति पूर्ण रूपमा असहनशील छ,” युनाइटिड एअरलाइन्सले भनेको छ ।

उक्त कम्पनीले ती विमानचालकहरूलाई तत्काल सेवाबाट निष्काशन गरिएको र आफूहरूले स्थानीय निकायहरूलाई पूर्ण रूपमा सहयोग गरेको बताएको छ । “हामी अहिले शीघ्रातिशीघ्र यात्रुहरूलाई गन्तव्यमा पुर्‍याउने हिसाबले काम गरिरहेका छौँ,” विज्ञप्तिमा भनिएको छ।

सन् २०१७ मा पनि युनाइटिड एअरलाइन्सकै दुई विमानचालकलाई मदिरा सेवन गरेको आरोपमा ग्लास्गो विमानस्थलबाटै नियन्त्रणमा लिई जेल चलान गरिएको थियो।

त्यतिखेर ३५ वर्षीय पल ग्रेबेन्सलाई १० महिना जेल सजाय सुनाइएको थियो भने उनका सहकर्मी ४५ वर्षीय कार्लोस अक्टोबर लीकोनालाई १५ महिना सजाय तोकिएको थियो।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  १२ : ३३ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।