विप्लव समूहले शुरु गर्‍यो चन्दा अभियान, सहयोग माग्दै निकाल्यो विज्ञप्ति « Khabarhub

विप्लव समूहले शुरु गर्‍यो चन्दा अभियान, सहयोग माग्दै निकाल्यो विज्ञप्ति


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चन्दा अभियान चलाउने भएको छ । पार्टीमा आर्थिक अभियान सञ्चालन गर्ने योजनासहित विप्लव समूहले विज्ञप्ति नै जारी गरी आर्थिक सहयोगका लागि आग्रह गरेको छ ।

हिंसात्मक गतिविधि मच्चाएको भन्दै सरकारले प्रतिबन्ध लगाएको विप्लव समूहका प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड)ले पार्टीमा आर्थिक अभियान शुरु भएको जनाएका हुन् । विगतमा अर्थ विभागमा रहदा प्रकाण्डले चन्दा आतंक मच्चाएको र त्यसरी उठाइएको आर्थिक हिसाब पार्टीभित्रै पारदर्शी हुन नसकेको टिप्पणी बढिरहेका बेला उनले फेरि विज्ञप्ती नै जारी गरी आर्थिक अभियान चलाउने उल्लेख गरेका छन् ।

शनिवार उनले एउटा लामो विज्ञप्ती निकाल्दै ५ महिनासम्म पार्टीले आर्थिक अभियान सञ्चालन गर्न लागेको र यो अभियानमा पार्टीको केन्द्रीय समिति, ब्यूरो, जिल्ला र मोर्चाहरुको संयुक्त र एकीकृत सहभागिता रहने उल्लेख गरेका छन् । प्रकाण्ड यस अगाडी पनि पार्टीको आर्थिक विभागमा थिए । अहिले फेरि उनले आर्थिक विभाग आफ्नै नेतृत्वमा ल्याउन सफल भएपछि आर्थिक सहयोगका नाममा चन्दा आतंक मच्चाउन लागेका हुन् ।

प्रकाण्ड अहिले पार्टीभित्र पार्टी प्रवक्ता, सचिवालय सदस्य, आर्थिक विभाग प्रमुख, मध्य कमाण्ड इन्चार्ज र विद्यार्थी फ्याक्सन इन्चार्ज छन् । उनले आफु निकट जनवर्गीय संगठनका केही प्रमुखलाई साथ लिएर विगतमा पनि आर्थिक चन्दा अभियान तिव्र बनाएका थिए ।

पार्टी भित्र आर्थिक प्रणाली एकद्धार नीति अन्तर्गत अगाडी बढाउने निर्णय भएसँगै प्रकान्डले यो विभागको नेतृत्व सितिमिति छोड्न चाहेका छैनन । अहिले पनि उनले उक्त विभाग आफैसँग राख्न सफल भएका छन् ।

पार्टीभित्र उनले आर्थिक विभाग हातमा लिएर नै नेता कार्यकर्तालाई आफनो पकडमा राख्न सफल भईरहेको विप्लव नेतृत्वको नेकपाका एक केन्द्रीय सदस्यले बताए । उनले केन्द्रीय नेताहरुलाई नै आफ्नो पक्षमा लाग्नेलाई निश्चित कोटाभन्दा पनि वढी रकम पनि दिने तर आफुसँग असहमत र फरक मत राख्ने नेताहरुलाई भने आर्थिक नाकाबन्दी सम्म लगाउने कार्य विगतमा गरेका थिए ।

प्रकाण्डले जारी गरेको विज्ञप्तीमा भनिएको छ,-‘देशको राजनीतिक, आर्थिक, सांस्कृतिक सङ्कटको समाधान क्रान्तिले मात्र सम्भव छ । त्यसैकालागि असारदेखि कात्तिकसम्म पाँच महिना पार्टीले आर्थिक सहयोग अभियान सञ्चालन गरेको छ । यसलाई सदाझैं सहयोग गरिदिनुहुन अनुरोध छ ।’

प्रकाण्डको खुलेआम आर्थिक सहयोग गर्न अपिल सहितको वक्तब्य जारी भएसँगै उधोगी, ब्यवसायीहरु भने आतंकित हुन थालेका छन् ।

यस्तो छ प्रकाण्डले जारी गरेको विज्ञप्ती

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  १ : ०९ बजे

कांग्रेसको वार्ता समितिमा संस्थापनबाट बालकृष्ण खाण थपिए : आज वार्ता हुँदै

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता

काठमाडौं – प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

विशेष महाधिवेशनको बीचमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै : के छन् एजेन्डा ?

काठमाडौं – नेपाली कांग्रेस संस्थापन पक्षले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको

बार्सिलोनासँग हारेसँगै रियल म्याड्रिडले प्रशिक्षक जाबीलाई हटायो

म्याड्रिड- स्पेनिस क्लब रियल म्याड्रिडले प्रमुख प्रशिक्षक जाबी अलोन्सोलाई बर्खास्त