विप्लव समूहले शुरु गर्‍यो चन्दा अभियान, सहयोग माग्दै निकाल्यो विज्ञप्ति « Khabarhub

विप्लव समूहले शुरु गर्‍यो चन्दा अभियान, सहयोग माग्दै निकाल्यो विज्ञप्ति


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चन्दा अभियान चलाउने भएको छ । पार्टीमा आर्थिक अभियान सञ्चालन गर्ने योजनासहित विप्लव समूहले विज्ञप्ति नै जारी गरी आर्थिक सहयोगका लागि आग्रह गरेको छ ।

हिंसात्मक गतिविधि मच्चाएको भन्दै सरकारले प्रतिबन्ध लगाएको विप्लव समूहका प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड)ले पार्टीमा आर्थिक अभियान शुरु भएको जनाएका हुन् । विगतमा अर्थ विभागमा रहदा प्रकाण्डले चन्दा आतंक मच्चाएको र त्यसरी उठाइएको आर्थिक हिसाब पार्टीभित्रै पारदर्शी हुन नसकेको टिप्पणी बढिरहेका बेला उनले फेरि विज्ञप्ती नै जारी गरी आर्थिक अभियान चलाउने उल्लेख गरेका छन् ।

शनिवार उनले एउटा लामो विज्ञप्ती निकाल्दै ५ महिनासम्म पार्टीले आर्थिक अभियान सञ्चालन गर्न लागेको र यो अभियानमा पार्टीको केन्द्रीय समिति, ब्यूरो, जिल्ला र मोर्चाहरुको संयुक्त र एकीकृत सहभागिता रहने उल्लेख गरेका छन् । प्रकाण्ड यस अगाडी पनि पार्टीको आर्थिक विभागमा थिए । अहिले फेरि उनले आर्थिक विभाग आफ्नै नेतृत्वमा ल्याउन सफल भएपछि आर्थिक सहयोगका नाममा चन्दा आतंक मच्चाउन लागेका हुन् ।

प्रकाण्ड अहिले पार्टीभित्र पार्टी प्रवक्ता, सचिवालय सदस्य, आर्थिक विभाग प्रमुख, मध्य कमाण्ड इन्चार्ज र विद्यार्थी फ्याक्सन इन्चार्ज छन् । उनले आफु निकट जनवर्गीय संगठनका केही प्रमुखलाई साथ लिएर विगतमा पनि आर्थिक चन्दा अभियान तिव्र बनाएका थिए ।

पार्टी भित्र आर्थिक प्रणाली एकद्धार नीति अन्तर्गत अगाडी बढाउने निर्णय भएसँगै प्रकान्डले यो विभागको नेतृत्व सितिमिति छोड्न चाहेका छैनन । अहिले पनि उनले उक्त विभाग आफैसँग राख्न सफल भएका छन् ।

पार्टीभित्र उनले आर्थिक विभाग हातमा लिएर नै नेता कार्यकर्तालाई आफनो पकडमा राख्न सफल भईरहेको विप्लव नेतृत्वको नेकपाका एक केन्द्रीय सदस्यले बताए । उनले केन्द्रीय नेताहरुलाई नै आफ्नो पक्षमा लाग्नेलाई निश्चित कोटाभन्दा पनि वढी रकम पनि दिने तर आफुसँग असहमत र फरक मत राख्ने नेताहरुलाई भने आर्थिक नाकाबन्दी सम्म लगाउने कार्य विगतमा गरेका थिए ।

प्रकाण्डले जारी गरेको विज्ञप्तीमा भनिएको छ,-‘देशको राजनीतिक, आर्थिक, सांस्कृतिक सङ्कटको समाधान क्रान्तिले मात्र सम्भव छ । त्यसैकालागि असारदेखि कात्तिकसम्म पाँच महिना पार्टीले आर्थिक सहयोग अभियान सञ्चालन गरेको छ । यसलाई सदाझैं सहयोग गरिदिनुहुन अनुरोध छ ।’

प्रकाण्डको खुलेआम आर्थिक सहयोग गर्न अपिल सहितको वक्तब्य जारी भएसँगै उधोगी, ब्यवसायीहरु भने आतंकित हुन थालेका छन् ।

यस्तो छ प्रकाण्डले जारी गरेको विज्ञप्ती

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  १ : ०९ बजे

सुनसरीको तनाव मधेश प्रदेशतिर : सिरहापछि धनुषामा पनि कर्फ्यु घोषणा

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार रातिदेखि सुरू भएको तनाव

फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

पेरिस– अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले फिफाको

सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय

काठमाडौं– राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा अवस्थाको

देवानगञ्ज प्रकरण : गोली लागेका अर्का २२ वर्षीय युवकको उपचारका क्रममा मृत्यु 

इनरूवा– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर

रास्वपा सभापतिले गरे मधेसका नेतासँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेसका नेताहरूसँग छलफल