कर वृद्धि गरेको भन्दै व्यवसायी गरे सरकारको आलोचना | Khabarhub Khabarhub

कर वृद्धि गरेको भन्दै व्यवसायी गरे सरकारको आलोचना


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योगी÷व्यवसायीहरुले कर वृद्धि गरिएको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधान, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ र नेपाल उद्योग परिसंघका अध्यक्ष सतिसकुमार मोरले चालू आर्थिक वर्षबाट एकैपटक चार गुणा बढि हुने गरी कर वृद्धि गरेको भन्दै सरकारको आलोचना गरे ।

आइतबारबाट ललितपुरमा सूरु भएको व्यवस्थापन गोष्ठीमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष श्रेष्ठले स्थानीय तहमा समेत गरी दोहोरो करको मारको मागरमा पर्ने काम भएको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले करको दायरा बढाउने अभियानमा भने सरकारलाई साथ दिने प्रतिवद्धता व्यक्त गरे ।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिसकुमार मोरले कर मैत्री वातावरण बनाउन सरकारसँग माग गरे । उनले व्यवसायीहरुलाई हतोत्साही हुने गरी करको व्यवस्था सरकारले गर्न नहुने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले सरकारले चालू आर्थिक वर्षबाट कर वृद्धि गरेर व्यवसायीहरुलाई मारमा पारेको भन्दै तत्काल हटाउन माग गरे । उनले व्यवसायका लागि चर्को व्याजदरका कारण मुलुकको उद्योगधन्दा फष्टाउने अवस्था नरहेको तर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  १ : ४७ बजे

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड