अमेरिकाको ओहायो राज्यमा पनि गोली चल्यो, ९ जना मारिए | Khabarhub Khabarhub

अमेरिकाको ओहायो राज्यमा पनि गोली चल्यो, ९ जना मारिए


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकाको ओहायो राज्यमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ९ जनाको ज्यान गएको छ । टेक्सस राज्यको एल पासो शहरमा गोली चल्दा २० जनाको ज्यान गएको केही घण्टा लगत्तै ओहायो राज्यको डेयटन शहरमा बन्दुकधारीले गोली चलाएको हो ।

बन्दुकधारीले डेयटन शहरको एक बार अगाडी गोली चलाउँदा अरु १६ जना घाइते भएको अधिकारीहरुले जनाएका छन् । आइतबार बिहान सवा तीन बजे बन्दुकधारीले जथाभावी गोली चलाएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरी अधिकारीले गोलीकाण्डमा बन्दुकधारीको समेत ज्यान गएको जनाएका छन् । अहिले प्रहरीले अवस्थालाई नियन्त्रणमा लिएको र त्यस वरपरका मानिसहरुलाई सतर्क रहन आह्वान गरेको छ । अमेरिकाको संघीय जाँच ब्यूरो एफबीआईले यसबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

बन्दुकधारी उक्त बारभित्र प्रवेश गर्न खोजेको तर बारको भित्रबाट ढोका बन्द गरिएपछि ती व्यक्ति भित्र पस्न नपाएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणको उद्देश्यबारे अनुसन्धान भइरहेको बताइएको छ । बन्दुकधारीको पहिचानबारे कुनै विवरण सार्वजनिक भइसकेको छैन ।

ओहायो राज्यको डेयटनमा गोली चल्नु केही घण्टाअघि मात्र टेक्सस राज्यको एल पासो शहरमा बन्दुकधारीले गोली चलाउँदा २० जना मारिएका थिए । एल पासो शहरमा रहेको वालमार्ट स्टोरमा भएको आक्रमणमा संलग्नलाई भने प्रहरीले नियन्त्रणमा लिएको थियो ।

डेयटनमा भएको घटना र एल पासोमा भएको घटना एक अर्कासँग सम्बन्धित रहे/नरहेको बारे अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  २ : ५१ बजे

काठमाडौं महानगरको नगरसभामा बजेट ल्याइँदै (लाइभ)

काठमाडौं– काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याउँदै

‘अजमेरा फैशन ईन्डिया’ अब नेपालमै, फेक्ट्री रेटमा सामान पाइने 

काठमाडौं- भारतको गुजरातस्थित टेक्सटाइल कम्पनी अजमेरा फैशन ईन्डियाले नेपालको इन्द्रेणी

श्रीलङ्कामा जुनमा ६३ करोड ५० लाख डलर रेमिट्यान्स प्राप्त

कोलम्बो– श्रीलङ्काको केन्द्रीय बैङ्क (सीबीएसएल) को पछिल्लो तथ्याङ्कअनुसार विदेशमा रहेका

भानुभक्त नेपाली भाषाका मात्र नभएर मातृभाषालाई माया गर्ने साझा कवि हुन् : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त नेपाली भाषाका कवि मात्र नभएर

मन्त्री गुप्ता जोडिएको ७८ लाख घुस प्रकरणमा विपक्षीले घेरे सरकारलाई

काठमाडौं- गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणको घुस प्रकरणमा मुछिएको