‍घरेलु टोलीलाई नै बन्न सक्छ दशरथ रंगशाला बिरानो ! « Khabarhub

‍घरेलु टोलीलाई नै बन्न सक्छ दशरथ रंगशाला बिरानो !



काठमाडौं – दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको तीन पटकको विजेता नेपाली राष्ट्रिय फुटबल टोली अहिले घरमै आयोजना हुने १३ औं सागको अभ्यासमा व्यस्त छ ।

टोली अभ्यास मैदानको अभावका वावजुद सातदोबाटोस्थित एन्फामा अभ्यासमा जुटेको छ । असार १६ गते सबै खेलको बन्द प्रशिक्षण शुरु गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले घोषणा गरेपछि गएको बिहीबारदेखि नेपाली यु–२३ टोलीको अभ्यास शुरु गरेको हो ।

बिहीबारबाट अभ्यास शुरु भएपनि मैदान अभावका कारण यु–२३ टोली र नेपाली राष्ट्रिय महिला फुटबल टोलीले मैदानको आधा–आधा भागमा अभ्यास शुरु गरेका छन् । आइतबार (आज) बाट एन्फा मैदानमा हुने खेलहरुको तालिका मिलाएर टिमहरुको खेलको तयारीका लागि समय व्यस्थापन गर्ने एन्फाले जानकारी दिएको छ ।

सागका लागि मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले ४५ जना खेलाडीलाई अभ्यासका लागि बोलाएका छन् । जसमा सिनियर टोलीका ५जना खेलाडीसमेत रहेका छन् । सागमा हरेक टोलीले ३ जना सिनियर टोलीका खेलाडी खेलाउन पाउने प्रावधान छ ।

यद्यपी बिहीबार र शुक्रबार यु–२३ टोलीका झण्डै १५ जना खेलाडी अभ्यासका लागि मैदानमा थिए । त्यस्तै, १५ जना जति खेलाडी सिनियर राष्ट्रिय टोलीमा छन् । उनीहरु अहिले फिफा विश्वकप २०२२ तथा एसियन कप क्वालिफायरको अभ्यासमा रहेको मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले बताए ।

साविक विजेता टोली नेपाल यो संस्करणमा घरलु मैदानमा दर्शकका माझ उपाधि उचाल्ने लक्ष्यमा रहेको प्रशिक्षक महर्जन बताउँछन् । ‘हामीले अभ्यास शुरु गरेका छौं । अहिले सबै खेलाडी अभ्यासमा सहभागी पनि भैसकेका छैनन् । १६ गतेदेखि आधिकारिक रुपमा अभ्यास शुरु गर्यौ‍,’ प्रशिक्षक महर्जनले भने,‘हामीले अभ्यास शुरु गर्दा लक्ष्य त उपाधि उचाल्ने नै हो ।’

१२ औं संस्करणमा विजेता टोली नेपाल सामू घरेलु मैदानमा हजारौं दर्शकमाझ उपाधि उचाल्ने अवसर समेत रहेको प्रशिक्षक महर्जन बताउँछन् ।

उपाधि हात पार्न अब बाँकी रहेको ४ महिनामा टोलीले कसरी अभ्यास गर्न र त्यसमा आफ्नो टिमको सुधार गर्नु पर्ने पक्ष र राम्रो पक्षलाई कसरी बलियो बनाउने भन्नेमा जोड दिने प्रशिक्षक महर्जनको भनाइ छ ।

‘हामीले अब प्रतियोगिताका लागि बाँकी रहेको समयमा कसरी अभ्यास गछौं भन्नेमा भर पर्छ । हाम्रा विपक्षी टिमहरुले कसरी अभ्यास गर्छन । उनीहरुभन्दा कसरी बलियो बन्ने लगायत कुरामा ध्यान पुर्याउन सके हाम्रो ‘फेवर’ मा नतिजा आउन सक्छ,’ हामीसँग ‘एड्भान्टेज’ का रुपमा हेर्दा घरेलु मैदान हो । त्यसको कसरी फाइदा लिनसक्छौं भन्नेले पनि हाम्रो नतिजामा भर पर्छ ।’

त्यतिमात्रै होइन अन्तर्राष्ट्रिय प्रतियोगिता अगाडि मैत्रिपूर्ण खेलको समेत जरुरत पर्दछ । तर, एन्फाले अहिले नै नेपाली युवा टोलीले कहाँ कसरी र कहिले मैत्रिपूर्ण खेल खेल्छ भन्ने निश्चित भइसकेको छैन ।

प्रशिक्षक महर्जन पनि साग अगाडि नेपाल भन्दा बलियो टोलीसँग मैत्रिपूर्ण खेल खेल्न पाए कमजोरी केलाएर अगाडि बढ्न सहज हुने बताउँछन् ।

२०१० मा ८ टोलीले सहभागीता जनाए पनि २०१६ मा पाकिस्तान र अफगानिस्तान फुटबल टोलीले सहभागीत जनाएका थिएनन् । तर, यो संस्करणमा पाकिस्तान र अफगानिस्तानले सहभागी भए ८ टोली हुनेछन् भने उनीहरु सहभागी नहुँदा सागमा नेपालसहित भारत, बंगलादेश, माल्दिभ्स, श्रीलंका र भुटान हुनेछन् ।

सागमा अहिलेसम्म पाकिस्तानले ४ पटक उपाधि उचाल्दा नेपाल र भारले समान ३–३ पटक उपाधि उचाल्दा २ पटक बंगलादेशले साग फुटबलको उपाधि हात पारेको छ ।

काठमाडौं र पोखरामा मंसिर १५–२५ सम्म आयोजना हुने सागमा नेपाल चौथो पटक उपाधि हात पार्दै किर्तिमान पाकिस्तानसँग बराबरी गर्ने योजनामा छ ।

नेपालले पहिलो संस्करण सन् १९८४, छैठौं संस्करणको १९९३ र बाह्रौं संस्करणको २०१६ मा उपाधि उचालेको थियो ।

नेचुरल मैदानमा अभ्यास गर्न नसक्दा पछिल्लो समय नेपालले हार। व्यहोरि रहनु परेको प्रशिक्षक महर्जनको भनाइ छ । समयमा दशरथ रंगशाला बनेको खण्डमा नेपाली खेलाडीले ‘होम’ ग्राउण्डको एड्भान्टेज लिन सक्नेछन् । तर, अहिलेकै अवस्थामा भन्ने हो भने दशरथ रंगशालमा खेलाडीले खेल अगाडि अभ्यास गर्न पाउनेमा शंका गर्ने ठाउँ प्रसस्तैछ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिवले दशरथ रंगशाला कार्तिक १५ मा चिनियाँ कम्पनीले सरकारलाई हस्तान्रण गर्ने बताउँदै आएका छन् भने मुख्य प्रशिक्षक महर्जन भने १ महिना भित्रमा रंगशालामा अभ्यास गर्ने वातावरण मिलाउने राखेपले जानकार दिएको बताउँछन् ।

यदि रंगशालामा नेपाली खेलाडीले प्रतियोगिता अगाडि अभ्यास गर्न नपाएको खण्डमा घरेलु टोलीका लागि पनि दशरथ रंगशाला विरानो बन्न सक्छ । जुन प्रदर्शन घरेलु टोलीले गर्नु पर्ने हो त्यो नहुन पनि सक्छ ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ४ : ०६ बजे

मतदाता आकर्षित गर्न आ–आफ्नै ‘एजेन्डा’

काठमाडौं– यसअघिका संसदीय निर्वाचनमा सिट सङ्ख्याका आधारमा निर्णायक भूमिकामा नरहेका

पहाडी वनको ‘मदना चाँचर’ शुक्लाफाँटामा

कञ्चनपुर– जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलोपटक ‘मदना चाँचर’

विश्वकप : आज सेमिफाइनल पुगिसकेको इंग्ल्यान्ड र संघर्षमा रहेको न्युजिल्यान्ड भिड्दै

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर–८ अन्तर्गत आज समूह ‘दुई’का

गुर्जावासीको दिनभरको यात्राअवधि साढे दुई घण्टामा छोटियो

गुर्जा– म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा गाउँ जोड्ने सडक निर्माण अन्तिम

संखुवासभा–ताप्लेजुङ सीमामा ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौं- संखुवासभा र ताप्लेजुङको सिमाना क्षेत्रमा आज बिहान भूकम्पको धक्का