पूर्व राजा ज्ञानेन्द्रलाई नागार्जुनबाट निकाल्ने प्रचण्डको चेतावनी « Khabarhub

पूर्व राजा ज्ञानेन्द्रलाई नागार्जुनबाट निकाल्ने प्रचण्डको चेतावनी


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामेछाप– नेपाल कम्युष्टि पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट निकाल्ने चेतावनी दिएका छन् ।

केही व्यक्तिले सरकार नभइ व्यवस्था फेर्ने विषय उछालेको भन्दै प्रचण्डले उनीहरु नसच्चिए जनताले पूर्व राजा ज्ञानेन्द्रलाई नागार्जुनबाट निकाल्ने चेतानवी दिएका हुन् ।

प्रचण्डले तानाशाहको चाकरी गर्नेहरुले नै अहिले व्यवस्था परिवर्तनको लागि वकालत गरिरहेको भन्दै सुध्रन चेतावनी दिए ।

रामेछापमा सुनकोशी नदीको पुलको उद्घाटन गर्ने कार्यक्रममा नेकपाका अध्यक्ष प्रचण्डले गणतन्त्रको शरण पर्न आएका केहीले पूर्वराजालाई संरक्षण गरेको र अहिले उनीहरुले नै व्यवस्था परिवर्तनको कुरा गरेको भन्दै आपत्ति जनाएका थिए ।

प्रचण्डले जनताको त्याग र बलिदानमा गणतन्त्र आएको भन्दै यो व्यवस्थाको सम्मान गरेर अघि बढ्नुको विकल्प नभएको बताए ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ५ : ३४ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण