चन्द्रयान–२ ले पहिलो पटक खिच्यो पृथ्वीको तस्विर, अन्तरिक्षबाट यस्तो देखियो « Khabarhub

चन्द्रयान–२ ले पहिलो पटक खिच्यो पृथ्वीको तस्विर, अन्तरिक्षबाट यस्तो देखियो


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतले हालै चन्द्र अभियानका लागि पठाएको चन्द्रयान–२ ले खिचेको पृथ्वीका केही तस्विरहरु पहिलो पटक सार्वजनिक गरिएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान (इसरो) ले चन्द्रयान–२ ले अन्तरिक्षबाट खिचेका पृथ्वीका केही तस्विरहरु आइतबार सार्वजनिक गरेको हो ।

पृथ्वीको बाहिरी कक्षबाट चन्द्रयान–२ मा रहेको विक्रम ल्याण्डरमा जडित एलआई–४ क्यामेराले अगस्ट ३ साँझ ५ बजेर २८ देखि ५ बजेर ३७ मिनेटको बीचमा पृथ्वीको तस्विर खिचेको थियो ।

इसरोले ती तस्विरहरुलाई चन्द्रयान–२ बाट पहिलो पटक खिचिएको भनेको छ । गत हप्ता पनि चन्द्रयान–२ ले पहिलो पटक खिचेका तस्विरहरु भनेर इन्टरनेटमा सार्वजनिक भएका थिए ।

यद्यपि, उक्त तस्विरहरु भने नासाको वेबसाइट तथा गुगलबाट खोजिएका तस्विर भएको बताइएको छ । यता इसरोले पनि यसअघि चन्द्रयान–२ ले खिचेका कुनै तस्विर सार्वजनिक नगरेको बताएको छ ।

यसैबीच चन्द्रयान–२ आगामी सेप्टेम्बर ७ तारिखमा चन्द्रमाको सतहमा अवतरण गर्ने इसरोले जानकारी दिएको छ । अहिले पृथ्वीको कक्षमा रहेर पृथ्वीको परिक्रमा गरिरहेको चन्द्रयान–२ एक हप्तापछि पृथ्वीको कक्षबाट बाहिरिँदै चन्द्रमाको कक्ष तर्फ अगाडि बढ्ने छ ।

चन्द्रमाको कक्षमा पुगेपछि आगामी सेप्टेम्बर ३ मा मुख्य स्पेसक्राफ्टबाट विक्रम ल्याण्डर र प्रज्ञान रोवर छुट्टिने छन् । चन्द्रमाको तल्लो कक्ष हुँदै सेप्टेम्बर ७ मा चन्द्र सतहमा उत्रने योजना रहेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ६ : ३८ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको