हङकङमा आइतबार पनि दशौँ हजारले गरे प्रदर्शन, सोमबार आम हड्ताल « Khabarhub

हङकङमा आइतबार पनि दशौँ हजारले गरे प्रदर्शन, सोमबार आम हड्ताल


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङकङ– हङकङमा आइतबार पनि दशौँ हजारले प्रदर्शन गरेका छन् । सोमबारका लागि तय गरिएको हङकङव्यापी हड्ताल सफल बनाउन आइतबार प्रदर्शनको आयोजना गरिएको हो ।

हङकङका विभिन्न सडकमा प्रदर्शनकारीले प्रदर्शन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि शनिबार भएका प्रदर्शनका क्रममा हङकङका विभिन्न स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । प्रदर्शनका क्रममा प्रहरीले २० भन्दा धेरै प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

शुरुमा विवादास्पद सुपुर्दगी विधेयकको विरोधमा भएको प्रदर्शन अहिले भने त्यहाँकी प्रमुख कार्यकारी क्यारी लामको राजीनामा तथा अधिक स्वायत्तताको माग गर्न थालिएको छ ।

यस्ता प्रदर्शनमा पछिल्लो पुस्ताका युवाहरुको व्यापक सहभागिता रहँदै आएको छ । उनीहरुले यस्ता प्रदर्शनमा शहरमा बढ्दो महङ्गी र जनजीविकाका सवाल उठाउने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

हङकङमा विवदास्पद सुपुर्दगी विधेयक सार्वजनिक गरिएपछि प्रदर्शन शुरु भएसँगै त्यहाँको सरकारले उक्त विधेयक अनिश्चितकालसम्मका लागि स्थगितको घोषणा गरेको थियो । तर, प्रदर्शनकारीले भने सरकारको उक्त कदम अपर्याप्त भएको र पूर्ण रुपमा विधेयक खारेजीसहित प्रमुख कार्यकारी क्यारी लामको राजीनामा माग गर्दै आएका छन् ।

हङकङको पछिल्ला प्रदर्शनलाई राष्ट्रपति बनेयता सी जिनपिङको कार्यकालको सबैभन्दा व्यापक जनप्रदर्शनको रुपमा लिइएको छ । यता चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले भने हङकङमा प्रदर्शन र हिंसा बढ्दै गएमा टुलुटुलु हेरेर नबस्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ७ : ४४ बजे

पार्टी कार्यालयमा विमलेन्द्र निधिलाई गरिएको व्यवहार गलत छ : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेता विमलेन्द्र निधिमाथि आज

विरोधमा उत्रिएका नेता कार्यकर्तालाई विश्वप्रकाशले भने : मर्यादाको दायरामा रहनुपर्छ

काठमाडौँ- काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मंगलबार पार्टी

नेपाली क्रिकेटले खेलाडी र दर्शकलाई उत्साहित बनाएको छ : मुख्यमन्त्री पाण्डे

कास्की- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली खेलकुद क्षेत्रमा क्रिकेटले

सामाजिक सद्भाव कायम राख्न ७७ वटै जिल्ला प्रशासनलाई गृहको सर्कुलर

काठमाडौं- गृह मन्त्रालयले तराई तथा मधेशका केही जिल्लामा धार्मिक तथा

रातिसम्म बसेर पनि राष्ट्रिय सभा उम्मेदवार टुंग्याउँछौँ

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आज केहीबेर