सम्पन्न हुन बाँकी आयोजना प्राथमिकतामा राख्न मन्त्री मगरको निर्देशन | Khabarhub Khabarhub

सम्पन्न हुन बाँकी आयोजना प्राथमिकतामा राख्न मन्त्री मगरको निर्देशन


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–खानेपानी मन्त्री बिना मगरले बजेट अभावका कारण वर्षौंदेखि सम्पन्न हुन बाँकी रहेका आयोजनाहरुलाई पहिलो प्राथमिकता राख्न निर्देशन दिएकी छिन् ।

खानेपानी तथा ढल व्यवस्थापन विभागको आर्थिक वर्ष २०७५र०७६ को वार्षिक प्रगति समिक्षा बैठकको समापन गर्दै मन्त्री मगरले सम्पन्न हुन बाँकी रहेका आयोजनाहरुलाई प्राथमिकतामा राख्न निर्देशन दिएकी हुन् । उनले कतिपय आयोजनाहरु पैसाका कारण रोकिएकाले जनता लाभान्वित हुन नसकेको बताइन् ।

‘हामीले कति भौतिक या वित्तीय प्रगति गर्‍यौ भन्दा पनि जनताले खानेपानीको सेवा कति पाए त्यो महत्त्वपूर्ण कुरा हो । खानेपानीमा जनताको पहुँच सुनिश्चित गर्नु हाम्रो मुख्य उपलब्धि हो ।’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले भनिन् ‘पहिला सडकको आवश्यकता धेरै खोजिन्थ्यो तर अब खानेपानीको आवश्यकता सबैलाई परेको छ । त्यसैले राष्ट्रव्यापी रूपमा खानेपानी मन्त्रालयको महत्त्व बढिरहेको छ ।’

मन्त्री मगरले आगामी आर्थिक वर्षदेखि देशै भरीको खानेपानी र सरसफाइको विस्तृत गुरुयोजना तयार पार्न विभागीय प्रमुखहरुलाई निर्देशन दिइन् । मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्माले गत वर्ष संक्रमणको अवस्था भएकाले चालू आर्थिक वर्षको अन्त्य सम्ममा उल्लेख्य प्रगति हासिल गर्न योजना प्रमुखहरुलाई निर्देशन दिएका थिए ।

कार्यक्रममा मन्त्रालयका सहसचिव तेजराज भट्टले ग्रामीण र नगरस्तरीय खानेपानीका आयोजनाहरुमा लगानी गर्न विश्व बैंकलाई प्रस्ताव गरिएको जानकारी दिए । उनले शत प्रतिशत जनतालाई आधारभूत स्तरको खानेपानी सेवा पुर्‍याउन चुनौती रहेकाले खानेपानीको क्षेत्रमा विश्व बैंक र एडीबी जस्ता दातृ निकायहरुलाई लगानी गर्न आग्रह गरिएको प्रष्ट पारे ।

विभागले गत आर्थिक वर्षमा १ सय ६ वटा आयोजना सम्पन्न गरेको र ३ लाख ६२ हजार जनसंख्या लाभान्वित भएको उप महानिर्देशक रमाकान्त दवाडीले जानकारी दिए ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ८ : ५५ बजे

एसीसी यू–१६ इस्ट जोनको उपाधि विजेता नेपाली टोलीस्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडाैं – एसीसी यू-१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको

‘मर्निङवाक’ निस्किएका कुवँर पाँच दिनदेखि सम्पर्कविहीन

काठमाडौं – अछाम, साफेवगर नगरपालिका–३ स्थायी घर भई हाल काठमाडौँ

महोत्तरीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

जलेश्वर – महोत्तरीको औरही नगरपालिका–७ मा रहेको कृषि सडकमा कल्भर्ट

कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाउँछौं : प्रधानमन्त्री

हुम्ला – प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोरलाई चीन र

सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता

काठमाडौं – समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सहकारीपीडितलाई रु तीन