मिसेस नेपाल इन्टरनेसनलका लागि छानिए ३६ सुन्दरी « Khabarhub

मिसेस नेपाल इन्टरनेसनलका लागि छानिए ३६ सुन्दरी


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रिवन इन्टरटेनमेन्ट प्रालिले आयोजना गर्न लागेको पाँचौ संस्करणको मिसेस नेपाल इन्टरनेसनलका लागि ३६ जना सुन्दरी छानिएका छन् ।

विभिन्न पेशाकर्मी र गृहणी लगायत प्रतिस्पर्धाका लागि छनोट भएका छन् । लैगिंक असमानता विरुद्धको अभियान भन्ने मुल नाराका साथ आयोजना हुने पेजेन्ट निर्देशक निशुकान्त झाले जानकारी दिइन् ।

प्रतियोगितामा सामेल महिलाहरुले करिव ६ हप्ताको तालिम र विभिन्न चरण पार गर्दै आगामी असोज ४ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा अन्तिम प्रतिस्पर्धा गर्नेछन्।

अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा हुने प्रतियोगितामा बिजेताले नेपालका तर्पmबाट अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसरका पाउनुका साथै स्कुटर उपहार प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै प्रथम दोश्रो र तेश्रो उपविजेताहरुले विभिन्न अवसरका साथै अन्तराष्ट्रिय पेजेन्टमा भाग लिने अवसर समेत पाउनेछन् ।

यस अघि भएका प्रतियोगितामा सविता लामिछाने, अनुपमा राई, सुरुची पाण्डे र चन्दा थापा गिरी विजयी भएका थिए । चन्दाले अघिल्लो वर्ष सिंगापुरमा सम्पन्न अन्तराष्ट्रि प्रतियोगिता मिसेस इन्टरनेसनलमा सहभागिता जनाउँदै मिसेस एसिया प्यासिफिकको उपाधि जित्न सफल भएकी थिइन् ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ८ : ३६ बजे

खजुरा गाउँपालिकामा कानुन निर्माणले सेवा प्रवाहमा सहज

बाँके– बाँकेको खजुरा गाउँपालिकाले नयाँ कानुन बनाएर जनतालाई दिनुपर्ने सेवा

सङ्कटमा स्वास्थ्य बीमा : चलाउने की बन्द गर्ने दोधारमा सरकार

काठमाडौं- आम नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध

सडकका खाल्डाखुल्डी पुर्न ‘रेडिमिक्स’ तयार गर्दै सडक डिभिजन

चितवन– जिल्लाका मुख्य सडकमा हुने ससाना खाल्डाखुल्डी (पोटहोल) तत्काल पूर्ववत्

फिदिम नगरपालिका पूर्ण खोप सुनिश्चित घोषित

पाँचथर– पाँचथरको फिदिम नगरपालिका पूर्णखोप सुनिश्चित नगरपालिका घोषित भएको छ

आज देशभरको मौसम पूर्वानुमान

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल