मिसेस नेपाल इन्टरनेसनलका लागि छानिए ३६ सुन्दरी | Khabarhub Khabarhub

मिसेस नेपाल इन्टरनेसनलका लागि छानिए ३६ सुन्दरी


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रिवन इन्टरटेनमेन्ट प्रालिले आयोजना गर्न लागेको पाँचौ संस्करणको मिसेस नेपाल इन्टरनेसनलका लागि ३६ जना सुन्दरी छानिएका छन् ।

विभिन्न पेशाकर्मी र गृहणी लगायत प्रतिस्पर्धाका लागि छनोट भएका छन् । लैगिंक असमानता विरुद्धको अभियान भन्ने मुल नाराका साथ आयोजना हुने पेजेन्ट निर्देशक निशुकान्त झाले जानकारी दिइन् ।

प्रतियोगितामा सामेल महिलाहरुले करिव ६ हप्ताको तालिम र विभिन्न चरण पार गर्दै आगामी असोज ४ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा अन्तिम प्रतिस्पर्धा गर्नेछन्।

अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा हुने प्रतियोगितामा बिजेताले नेपालका तर्पmबाट अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसरका पाउनुका साथै स्कुटर उपहार प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै प्रथम दोश्रो र तेश्रो उपविजेताहरुले विभिन्न अवसरका साथै अन्तराष्ट्रिय पेजेन्टमा भाग लिने अवसर समेत पाउनेछन् ।

यस अघि भएका प्रतियोगितामा सविता लामिछाने, अनुपमा राई, सुरुची पाण्डे र चन्दा थापा गिरी विजयी भएका थिए । चन्दाले अघिल्लो वर्ष सिंगापुरमा सम्पन्न अन्तराष्ट्रि प्रतियोगिता मिसेस इन्टरनेसनलमा सहभागिता जनाउँदै मिसेस एसिया प्यासिफिकको उपाधि जित्न सफल भएकी थिइन् ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ८ : ३६ बजे

खाना खानुअघि थाल वरिपरि अप्सनी किन गरिन्छ ? 

काठमाडौं– नेपाली समाजमा गरिने विभिन्न संस्कारहरू आ–आफ्नो आस्था अनुसार धर्मसँग

नेपाल इङ्ल्याण्ड ‘सी’ सँग २-० ले पराजित

काठमाडौं– नेपाल इङ्ल्याण्डको सी  टिमसँग पराजित गरको छ । इङल्याण्डको

म्यान्मारको एउटा सहर नियन्त्रणमा लिएको विद्रोही समूहको दाबी

म्यान्मार – म्यान्मारको उत्तरी इलाकाको एउटा सहर नियन्त्रणमा लिएको त्यहाँको

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) संसदीय दलको बैठक आज बस्दै

आजको मौसम : केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित वर्षा

काठमाडौं–  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार