डोरिअन आँधीका कारण फ्लोरिडामा संकटकाल घोषणा « Khabarhub

डोरिअन आँधीका कारण फ्लोरिडामा संकटकाल घोषणा


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकाले डोरिअन समुद्री आँधीका कारण फ्लोरिडा क्षेत्रमा संकटकाल घोषणा गरेको छ ।

आँधीको वेग र त्यसले निम्त्याउन सक्ने जोखिमलाई मध्यनजर गर्दै अमेरिकाले संकटकाल घोषणा गरेको हो । आँधीको जोखिमलाई मध्यनजर गर्दै फ्लोरिडास्थित पूर्वी तटका वासिन्दाहरुलाई सुरक्षित स्थानतर्फ सार्ने काम भइरहेको वासिंगटनले जनाएको छ ।

उक्त चक्रवाती समुद्री आँधी प्रतिघण्टा दुई सय ८५ किलोमिटरको वेगमा अमेरिकातिर आइरहेको मौसम तथा भूगोलविदहरुले जनाएका छन् ।

डोरिअन आँधी अहिलेसम्मकै खतरनाक रहेको समुद्री आँधी सम्बन्धी अध्ययन गर्ने अमेरिकी निकाय एनएचसीले जनाएको छ । स्थानीय समयअनुसार दिउँसो १२ बजेर ४० मिनेट जाँदा उक्त आँधी उत्तरी बहमासस्थित एबाकोको एल्बोकी भन्ने स्थानमा पुगेको थियो ।


सो क्षेत्रमा आँधीले ठूलो क्षति पु¥याएको छ । घरहरूमा बाढी पस्नुका साथै आँधीले घरका छाना उडाएको छ । मौसम तथा भूगोलविदहरुले आँधीबाट जोगिनका लागि सरकारले उचित कदम चाल्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  १० : १० बजे

केही भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रास्वपाका सांसद प्रशिक्षणमा : शक्तिशाली सरकारको टिम बनाउँदै बालेन

काठमाडौँ – फागुन २१ को निर्वाचनबाट प्रतिनिधि सभाको सबैभन्दा ठुलो

बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको साइबर व्यूरोले बैंकिङ कसुरको अभियोगमाा प्रभु

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट – केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर