मेडिकल विद्यार्थी आन्दोलित भएपछि सुरक्षा घेरामा आइओएम « Khabarhub

मेडिकल विद्यार्थी आन्दोलित भएपछि सुरक्षा घेरामा आइओएम


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मेडिकल विद्यार्थीको आन्दोलन चर्किदै गएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) को सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।

मेडिकल शिक्षाका नाममा सरकारी मेडिकल कलेजहरुले नै ठगी गरेको भन्दै मेडिकल विद्यार्थीले आइतबार आइओएमको परीक्षा नियन्त्रण शाखा र डिनको कार्यलयमा तालाबन्दी गरेका थिए । आइओएमले परीक्षा नियन्त्रण शाखाको ताला खुलाइए पछि बुधबार बिहान ९ बजे विद्यार्थीहरु पुन: तालाबन्दीका लागि आइओएम पुगेका थिए ।

आइओएममा तालाबन्दी गर्न गएका विद्यार्थीलाई प्रहरीले आइओएमभित्र प्रवेश गर्न दिएको छैन । विद्यार्थीहरु आइओएमको प्रवेशद्वार बाहिर नाराबाजी गरिरहेका छन् ।

उनीहरुले आफूहरुको माग पुरा नभएसम्म एमबीबीएस, बीडीएस, नर्सिङ लगायतका मेडिकल शिक्षाका नयाँ भर्नाका लागि भदौ २१,२२ र २३ गते हुन लागेको प्रवेश परीक्षा हुन नदिने अडान राख्दै आएका छन् ।

यता सरकारले भने कुनै पनि हालतमा मेडिकल शिक्षाको नयाँ शैक्षिक शत्रका लागि प्रवेश परीक्षा गराउने भन्दै आइओएममा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी आन्दोलनरत विद्यार्थीलाई प्रवेशमा रोक लगाएको छ ।

आन्दोलनरत विद्यार्थीहरुले संघर्ष समिति नै बनाएर विभिन्न माग राख्दै आन्दोलन गर्दै आएका छन् । उनीहरुले चिकित्सा शिक्षा ऐनमा व्यवस्था भएअनुसार यसै शैक्षित शत्रदेखि ७५ प्रतिशत छात्रावृत्ति हुनुपर्ने, गण्डकी मेडिकल कलेजले विद्यार्थीसँग लिएको बढी शुल्क फिर्ता गर्नुपर्ने र छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीलाई विभिन्न बाहानामा शुल्क उठाउन नपाइने लगायतका ११ बुँदे माग राखेका छन् ।

उनीहरुले आफ्ना मागहरुमा ७५ प्रतिशत छात्रावृत्तिको व्यवस्था, गण्डकी मेडिकल कलेजले लिएको शुल्क फिर्ता र छात्रावृत्तिमा पढेका विद्यार्थीलाई अन्य शुल्क नलिन व्यवस्था मात्रै गरे पनि तत्कालका लागि नयाँ शैक्षित शत्रको प्रवेश परीक्षा नरोक्ने बताएका छन् ।

परीक्षा नै सञ्चालन हुन नदिने भन्दै मेडिकल विद्यार्थीहरु आन्दोलित भएपछि शिक्षा मन्त्रालयले आन्दोलनरत विद्यार्थीसँग वार्ता गर्ने तयारी गर्दैछ ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ११ : ३० बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ