टिचिङ परिसरमा नाराबाजी गर्ने १५ जना मेडिकल विद्यार्थी प्रहरी नियन्त्रणमा « Khabarhub

टिचिङ परिसरमा नाराबाजी गर्ने १५ जना मेडिकल विद्यार्थी प्रहरी नियन्त्रणमा


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिवि शिक्षण अस्पतालको इन्टिच्युट अफ मेडिसिन (आइओएम) मा नाराबाजी गर्ने १५ जना मेडिकल विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मेडिकल शिक्षाका नाममा सरकारी मेडिकल कलेजहरुले नै ठगी गरेको भन्दै आन्दोलनरत मेडिकल विद्यार्थीहरुले बुधबार बिहान ९ बजेदेखि नै आइओएमको प्रवेशद्धार अगाडि नाराबाजी गरेका थिए ।

आन्दोलनरत मेडिकल विद्यार्थीलाई आइओएमभित्र प्रवेशमा रोग लगाएपनि अस्पताल परिसरममा नाराबाजी चर्किएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।

मेडिकल शिक्षाका नाममा सरकारी मेडिकल कलेजहरुले नै ठगी गरेको भन्दै मेडिकल विद्यार्थीले आइतबार आइओएमको परीक्षा नियन्त्रण शाखा र डिनको कार्यलयमा तालाबन्दी गरेका थिए । आइओएमले परीक्षा नियन्त्रण शाखाको ताला खुलाएपछि बुधबार बिहान ९ बजे विद्यार्थीहरु पुन तालाबन्दीका लागि आइओएम पुगेका थिए ।

उनीहरुले आफूहरुको माग पुरा नभएसम्म एमवीवीएस, विडिएस, नर्सिङ लगायतका मेडिकल शिक्षाका नयाँ भर्नाका लागि भदौं २१,२२ र २३ गते हुन लागेको प्रवेश परीक्षा हुन नदिने अडान राख्दै आएका छन् । यता सरकारले भने कुनैपनि हालतमा मेडिकल शिक्षाको नयाँ शैक्षित शत्रका लागि प्रवेश परीक्षा गराउने भन्दै आइओएममा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी आन्दोलनरत विद्यार्थीलाई प्रवेशमा रोक लगाएको छ ।

आन्दोलनरत विद्यार्थीहरुले संघर्ष समिति नै बनाएर विभिन्न माग राख्दै आन्दोलन गर्दै आएका छन् । उनीहरुले चिकित्सा शिक्षा ऐनमा व्यवस्था भएअनुसार यसै शैक्षित शत्रदेखि ७५ प्रतिशत छात्रावृत्ति हुनुपर्ने, गण्डकी मेडिकल कलेजले विद्यार्थीसँग लिएको बढी शुल्क फिर्ता गर्नुपर्ने र छात्रावृत्तिमा अध्ययनरत विद्यार्थीलाई विभिन्न बाहानामा शुल्क उठाउन नपाइने लगायतका ११ बुंदे माग राखेका छन् ।

उनीहरुले आफ्ना मागहरुमा ७५ प्रतिशत छात्रावृत्तिको व्यवस्था, गण्डकी मेडिकल कलेजले लिएको शुल्क फिर्ता र छात्रावृत्तिमा पढेका विद्यार्थीलाई अन्य शुल्क नलिन व्यवस्था मात्रै गरे पनि तत्कालका लागि नयाँ शैक्षित शत्रको प्रवेश परीक्षा नरोक्ने बताएका छन् ।

परीक्षा नै सञ्चालन हुन नदिने भन्दै मेडिकल विद्यार्थीहरु आन्दोलित भएपछि शिक्षा मन्त्रालयले आन्दोलनरत विद्यार्थीसँग वार्ता गर्ने तयारी गर्दैछ ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ११ : ५४ बजे

रामायण सर्किट बन्न सक्छ नेपाल-भारत सम्बन्धको सेतु

नेपाल–भारत मैत्री सम्बन्धका कतिपय अपरिहार्य तत्त्वमध्ये सांस्कृतिक समानतालाई प्रमुख घटकका

लुम्बिनी प्रदेशसभा बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत सातौँ बैठक आजदेखि आगामी आर्थिक

कानुनी झमेलामा पर्दै युवा कमेडियन

काठमाडौँ- नेपालमा कमेडी विधा बाउन्स ब्याक भएको अवस्थामा छ ।

हावाहुरीले घर भत्किँदा एक महिलाको मृत्यु

रौतहट– रौतहटमा सोमबार साँझ आएको हावहुरीले घर भत्किएर थिच्दा एक

कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिका–५ भकुण्डास्थित ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्र