नागरिक उड्डयन प्राधिकरणले माग्यो ६८ जना कर्मचारी « Khabarhub

नागरिक उड्डयन प्राधिकरणले माग्यो ६८ जना कर्मचारी


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाल नागरिक उड्डयन प्राधिकरणले करार सेवामा कर्मचारी माग गरेको छ ।

प्राधिकरणले प्राविधिक समूहअन्तर्गत एयर ट्राफिक सर्भिसेसको सातौं तहको वरिष्ठ अधिकृत पदका लागि ३८ जना कर्मचारी माग गरेको छ ।

यस्तै, प्राविधिक समूहअन्तर्गत एभिएशन फायर सर्भिसेसको चौथो तह (सहायक) पदका लागि ३० जना कर्मचारी माग गरेको छ ।

एयर ट्राफिक सर्भिसेसको सातौं तहको वरिष्ठ अधिकृत पदका लागि विज्ञान वा सूचना प्रविधि विषयमा स्नातक तह उत्तीर्ण गरेको र मान्यता प्राप्त संस्थाबाट कम्तिमा ६ महिनाको आधारभूत एयर ट्राफिक सर्भिसेज तालिम प्राप्त गरेको हुनुपर्ने प्राधिकरणले जनाएको छ ।

एभिएशन फायर सर्भिसेसको चौथो तह (सहायक) पदका लागि भने एसएलसी वा सो सरहको सैक्षिक योग्यता हासिल गरेको र अग्नि नियन्त्रणसम्बन्धी आधारभूत तालिम प्राप्त गरेको हुनुपर्ने जनाइएको छ ।

सातौं तहका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र चौथो तहका लागि १८ वर्ष पूरा भइ ३५ वर्ष (महिलाको हकमा ४० वर्ष ननाघेको) नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  १ : १८ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को