श्रम स्वीकृती लिन बैंक खाता विवरण पेश गर्न नसकिने व्यवसायीको भनाइ « Khabarhub

श्रम स्वीकृती लिन बैंक खाता विवरण पेश गर्न नसकिने व्यवसायीको भनाइ


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगार व्यवसायी संघले श्रम कार्यालयले श्रम स्वीकृतीसम्बन्धी गरेको सूचना प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति जारी गरेको छ ।

श्रम कार्यालयले मंगलबार जारी गरेको सूचनामा श्रम स्वीकृति लिनुपूर्व अनिवार्य रुपमा बैंक खाता नम्बर (प्रमाण सहित पास बुक, चेक स्टेटमेन्ट) कार्यलयमा पेश गर्नुपर्ने सम्बन्धीतलाई जानकारी गराएको थियो ।

बुधबार संघका अध्यक्ष रोहन गुरुङले संघका तर्फबाट विज्ञप्ति जारी गर्दै, वैदेशिक रोजगारमा जाने कामदारको खाता नम्बर, खाता रहेको बैंकको नामका विषयमा विभाग र व्यवसासीबिच छलफल नै नभएको उल्लेख गरेका छन् । श्रम स्वीकृतिका लागि कामदारले कागजात (एटिएम कार्ड, चेक, पास बुक) कहीं, कतै रेकर्ड राख्ने वा पत्रचार गर्ने कार्यमा वैदेशिक रोजगार व्यवसायीहरुले उपलब्ध गराउन नसहिने विज्ञप्तिमा भनिएको छ ।

विभागले वैदेशिक रोजगारीमा जाने कामदारको बैंक खाता अनिवार्य गरेको थियो । भदौ १६ गतेदेखि विदेशी जाने कामदारले श्रम स्वीकृति लिनका लागि बैक खाताको विवरण अनिवार्य गर्नुपर्ने छ ।

भदौ १७ गते श्रम कार्यलयले सूचनामार्फत कामदारले श्रम स्वीकृतिका लागि आवेदन दिदाँ बैक विवरण खुल्ने एटिएम, चेक बुक, पास बुक जस्ता कागाजात पेश गर्नु पर्ने जानकारी गराएको थियो ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  १ : ४८ बजे

पाकिस्तानको खैबर पख्तुनख्वामा पिटिआई सरकार ढल्यो, गभर्नर शासन लागू, मुख्यमन्त्री हिरासतमा

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा राजनीतिक तनाव उत्कर्षमा पुगेको बेला

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण

कर्णाली– कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीले पद

‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’

काठमाडौँ– धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्र

क्यानडाविरुद्ध नेपाललाई छैठौँ सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित