टेकु अस्पतालका ३ जना चिकित्सकमा नै डेंगुको संक्रमण « Khabarhub

टेकु अस्पतालका ३ जना चिकित्सकमा नै डेंगुको संक्रमण


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १२ जना कर्मचारीमा डेंगु रोगको संक्रमण देखिएको छ ।

डेंगुको संक्रमण देखिनेमा ३ जना चिकित्सकहरु पनि छन् ।

अस्पतालमा आएका बिरामीमा देखिएको डेंगुको परीक्षण गर्ने क्रममा कर्मचारी र चिकित्सकहरुमा समेत डेंगुको संक्रमण देखिएको अस्पताल स्रोतले जनाएको छ ।

चिकित्सकहरुका अनुसार डेंगु रोग मानिसबाट मानिसमा सर्दैन । तर, परीक्षणका लागि आएका बिरामीलाई टोकेको लामखुट्टले अस्पतालका चिकित्सक तथा कर्मचारीलाई टोकेर संक्रमण भएको हुनसक्ने अस्पतालका सरुवा रोग विशेषज्ञ शेरबहादुर पुनले जानकारी दिए ।

अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले डेंगु संक्रमित कर्मचारी तथा चिकित्सकको अस्पतालमै उपचार भइरहेको जानकारी दिए ।

पाण्डेका अनुसार पछिल्लो समय डेंगु रोगको परीक्षण गर्न आउने बिरामीको संख्या बढ्दै गएपछि छुट्टै डेस्क स्थापना गरिएको छ ।

मंगलबार मात्रै ५ सय २१ जना बिरामीको परीक्षण गरिएको पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  २ : २५ बजे

गृहमन्त्री गुरुङ मध्यरातमा भरतपुरमा : प्रहरी शिक्षालयको निरीक्षण

चितवन – गृहमन्त्री सुधन गुरुङ मध्यरातमा चितवनको भरतपुर पुगेका छन्।

इरान-अमेरिका शान्ति वार्ता लम्बियो : १५ घण्टाभन्दा बढी समयदेखि निरन्तर छलफल

इस्लामावाद – मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने उद्देश्यका साथ पाकिस्तानको

सञ्जु सामसनको सानदार शतकसँगै आईपीएलमा चेन्नईको पहिलो जित

काठमाडौँ- चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो

एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागीका

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर