नेपाल – युएई संसदीय मैत्री समूहको बैठक सम्पन्न « Khabarhub

नेपाल – युएई संसदीय मैत्री समूहको बैठक सम्पन्न


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदको नेपाल – संयुक्त अरब इमिरेट्स (युएई) संसदीय मैत्री समूहको पहिलो बैठक सम्पन्न भएको छ ।

सिंहदरबारस्थित संसद सचिवालयमा संयोजक प्रभु साहको अध्यक्षतामा बसेको समूहको बैठकमा सदस्यहरुलाई समूह गठनबारे औपचारिक जानकारी गराइनुका साथै केही महत्त्वपूर्ण निर्णय समेत गरिएको हो ।

बैठकले नेपाल र संयुक्त अरब इमिरेट्स (युएई ) बीचको सुमधुर सम्बन्धलाई अगाडि बढाउन संसदीय कूटनीतिका माध्यमबाट समूह क्रियाशील हुने र नेपालस्थित युएईका राजदूतसंग आवश्यक समन्वय गर्ने जिम्मेवारी समुहका सदस्य एकवाल मियालाई प्रदान गर्ने निर्णय गरेको छ ।

विभिन्न राष्ट्रका संसदहरुबीच प्रत्यक्ष सम्पर्क बढाई पारस्परिक मैत्री तथा समझदारी अभिबृद्धी गर्दै आपसी मित्रता स्थापित गर्न र अन्तर्राष्ट्रियस्तरमा नेपालको संसदीय सहभागितालाई प्रभावकारी बनाउन संघीय संसदमा मैत्री समूह गठन गर्ने प्रावधान रहेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  २ : २८ बजे

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका