स्थानीय र प्रदेश सरकारका लागि ११ अर्ब अनुदान « Khabarhub

स्थानीय र प्रदेश सरकारका लागि ११ अर्ब अनुदान


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश र स्थानीय सरकारका सेवालाई प्रभावकारी बनाउन भनेर विभिन्न देशले नेपालाई संयुक्त रुपमा ११ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउने भएका छन् ।

युरोपियन युनियनसहित स्वीट्जरल्याण्ड, नर्वे र बेलायले नेपाललाई ११ अर्ब ४० करोड रुपैयाँ अनुदान सहयोग गर्ने भएका हुन् ।

बुधबार युरोपियन युनियनसहित ३ देशका प्रतिनिधि र अर्थ मन्त्रालयका सचिव डा राजन खनालले सहयोग सम्झौतामा हस्ताक्षर गरेका छन् ।

उक्त सहयोग सन् २०१९ देखि २०२३ सम्म नेपाललाई उपलब्ध गराइने छ ।

अनुदान रकम खर्च हुने गरी ४ वर्षसम्मका लागि सञ्चालन गर्ने कार्यक्रमसँग सम्बन्धित रहेर सम्झौता भएको अर्थ मन्त्रालयले जनाएको छ ।

स्थानीय तथा प्रदेश सरकारका आयोजनाको अध्ययन, नीतिगत सुधार, दीर्घकालीन योजनाको अध्ययन र कर्मचारी तथा जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धिका लागि कार्यक्रम सञ्चालन गरिने सम्झौता पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ४ : १४ बजे

तीन जिल्लाका बिरामीलाई सेवा दिँदै एक स्थानीय अस्पताल

दाङ– दाङको राप्ती गाउँपालिकाद्वारा सञ्चालित राप्ती आधारभूत अस्पतालबाट तीन जिल्लाका

इरानलाई साउदीको चेतावनी- ‘खाडी क्षेत्रको धैर्यताको बाँध टुट्न सक्छ’

रियाद– साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहान अल साउदले

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

काठमाडौँ– गृह मन्त्रालय प्रवेश गर्दै गर्दा सिँढी नजिकैको भित्तामा ‘फ्लेक्स

मेची भन्सारबाट ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम आठ महिनामा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल