यातायात व्यवसायी र विभागबीचको बैठक निष्कर्षविहिन « Khabarhub

यातायात व्यवसायी र विभागबीचको बैठक निष्कर्षविहिन


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दशैंका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खोल्ने तयारीबारे यातायात व्यवस्था विभागमा यातायात व्यवसायीसँग बसेको बैठक बिनानिष्कर्ष भएको छ ।

यातायात व्यवसायी र विभाग प्रतिनिधिबीच विभागमा करिब डेढ घन्टा भएको छलफलले कुनै निष्कर्ष निकाल्न सकेन ।

प्ररम्भिक चरणको छलफल भएकाले टिकट खोल्नेबारे अहिले नै निष्कर्ष ननिस्किएको विभागले बताएको छ । यसैगरी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंले व्यवसायीबीच बैठक बसेपछि विभागसँग आगामी हप्ता छलफल गर्ने बताएको छ ।

“आज बसेको बैठक यो वर्षको दशैंको टिकट खोल्ने विषयमा पहिलो पटक बसेको हो । बैंकले ब्याज बढाएको र यातायात समितिहरु खारेज भएको अवस्थामा व्यवसायीले बसमा लगानी नगरेका कारण बसको संख्या अरु वर्षभन्दा कम छ,” महासंघका महासचिव सरोज सिटौलाले भने, “भएका गाडीहरु सहरी र ग्रामीण सडकमा सञ्चालन गर्न सडकको अवस्थाका कारण समस्या छ । सडक मर्मत गरी गाडी चल्न सहज बनाइदिन विभागसँग हाम्रो अनुरोध छ ।”

संघ, समिति खारेज भएपछि गएका वर्षहरुमा भन्दा यसवर्ष दसैंमा लामो रुटमा चल्ने सार्वजनिक सवारीको संख्यामा कमी आउने महासंघले बताएको छ । “दशैंमा काठमाडौंदेखि जाँदा यात्रु हुने र फर्किंदा सिट क्षमताका यात्रु पाइँदैन । यस्तोबेला व्यवसायी आफैंले इन्धनको व्यवस्था गर्नुपर्छ । संघ, समिति हुँदा उनीहरुले नै सबै व्यवस्था गर्थे । बस संख्या पनि कम रहेकाले व्यवस्थापन गर्न कठिन हुने देखिन्छ,” सिटौलाले भने ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ४ : २२ बजे

तिला गाउँपालिकाद्वरा ठेक्काबाट १२ योजना निर्माण गर्दै

जुम्ला– जुम्लाको तिलागाउँपालिकाले चालु आर्थिक वर्षमा ठूला विकासे योजना कार्यान्वयनलाई

चर्चित कृतिमा सिनेमा : महाकविको ‘मुनामदन’देखि बीपीको ‘तीनघुम्ती’ ठूलो पर्दामा

काठमाडौँ – नेपाली सिने जगतमा अधिकतर फिल्म काल्पनिक कथामै बन्ने

कैलालीका एक युवाबाट श्रीमतीको गोली हानी हत्या

सुदूरपश्चिम– कैलालीको गोदावरी नगरपालिका–४ अमेलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगरले

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–६ रायखोर र कोटगाउँमा बास्केटबल ‘कोर्ट’ निर्माण भएको

इरानको ग्यास क्षेत्र ध्वस्त पारिदिने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको विशाल प्राकृतिक ग्यास