धारा ३७० भारतको आन्तरिक मामिला भएको परराष्ट्रमन्त्री ज्ञवालीको भनाइ « Khabarhub

धारा ३७० भारतको आन्तरिक मामिला भएको परराष्ट्रमन्त्री ज्ञवालीको भनाइ


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

माले– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जम्मू कश्मीरलाई दिँदै आएको विशेष राज्यको मान्यता खारेज गर्ने निर्णय भारतको आन्तरिक मामिला रहेको बताएका छन् ।

हिन्द महासागरको सम्मेलनमा सहभागी हुन मालदिभ्समा रहेका परराष्ट्रमन्त्री ज्ञवालीले भारत सरकारलाई संविधानको धारा ३७० खारेज गर्ने अधिकार रहेको जनाएका हुन् ।

परराष्ट्रमन्त्रीले भारतको आन्तरिक मामिलामा कुनै टिप्पणी गरिहाल्नु उपयुक्त नहुने समेत जनाए । भारतको समाचार संस्था एएनआईसँगको कुराकानीमा उनले भने, ‘अवश्य पनि संविधान परिवर्तन गर्नु (भारत) सरकारको पूर्ण अधिकार क्षेत्रभित्र पर्छ । त्यसैले हामीले यस विषयमा टिप्पणी गर्नु छैन ।’

उनले त्यस क्षेत्रमा रहेका नेपालीहरुको अवस्थाबारे नेपालको चिन्ता रहेको भन्दै उनले यस विषयमा भारत सरकारसँग सहकार्य गरिरहेको समेत जनाए । उनले भने, ‘उनीहरु त्यहाँ सुरक्षित छन् भन्ने विषयमा हामी खुशी छौं ।’

उनले भारत र पाकिस्तानबीच यस विषयमा तनाव कम हुन्छ भन्ने कुरामा आशावादी रहेको समेत जनाए ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कको अध्यक्षको हैसियतले सबै सदस्यहरुलाई छलफलका माध्यमबाट शान्तिपूर्ण ढंगबाट समस्याको समाधान खोज्न आग्रह गरिएको उनको भनाइ छ । उनले भने, ‘तनाव बढाएर समस्याको समाधान हुन्न । द्वन्द्व कसैको हितमा पनि छैन, सदस्य मुलुकहरुले द्वन्द्वको विकल्पबाट बच्नुपर्छ ।’

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ४ : ४४ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ