तराईमा १ हजार सोलार पम्प सञ्चालन गर्न एडीबी सकारात्मकः मन्त्री पुन | Khabarhub Khabarhub

तराईमा १ हजार सोलार पम्प सञ्चालन गर्न एडीबी सकारात्मकः मन्त्री पुन


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन ईन्डोनेसियाको भ्रमण सकेर स्वदेश फर्किएका छन् ।

ईन्डोनेसियाको बालीमा भएको अन्तर्राष्ट्रिय जल तथा सिंचाइ आयोगको तेश्रो विश्व सिंचाई फोरममा सहभागी भएर मन्त्री पुन बुधबार स्वदेश फर्किएका हुन् ।

सम्मेलनमा सहभागी हुँदा उनले इण्डोनेसियासहित विभिन्न देशका समकक्षी र विकास नियोगका उच्च अधिकारीसंग छलफल भएको जानकारी दिए ।

‘विश्व सिंचाइ फोरममा आफ्ना अनुभव आदान प्रदान गर्न मद्दत पुग्नुका साथै नेपालको सिंचाई क्षेत्रमा गर्न सकिने सम्भावित परियोजनाका बारेमा समेत छलफल भयो ।’ मन्त्री पुनले भने ।

भ्रमणकै क्रममा एसियाली विकास बैंक (एडिबी) का निर्देशक मियो ओकासंग समेत भेटवार्ता भएको जानकारी दिए । भेटवार्ताका क्रममा एडिबीका निर्देशकसँग सर्लाही र रौतहटको सिचाईका विषयमा भएको छलफल सकारात्मक भएको जानकारी दिए । उनले १ हजार सोलार पम्प पुर्याउने विषयमा छलफल भएको जानकारी दिए ।

सर्लाही र रौतहटको ४० हजार हेक्टर जमिनमा सिंचाई सुविधा पुर्‍याउनको लागी एडिबीले अध्ययन गरिरहेको छ । मन्त्री पुनले त्यसमा थप सहयोग गर्न एडिबी तयार रहेको जानकारी दिए ।

एडिबीले नेपालमा २० मेगावाटको सोलार विद्युत उत्पादन गर्ने परियोजनामा समेत अध्ययन गरिरहेको छ ।

सिंचाई विभागकी महानिर्देशक सरिता दवाडीले मन्त्री पुनले भ्रमणको क्रममा एडिवी, विश्व वैंक र विभिन्न देशका उच्च अधिकारीसंग नेपालको सिंचाई क्षेत्रको अवस्था र सिंचाई व्यवस्थापनको वारेमा अनुभव आदान प्रदान गर्नुका साथै लगानीका वारेमा समेत छलफल भएको जानकारी दिइन् ।

विश्वका ४० भन्दा धेरै देशका जलश्रोत तथा सिंचाई मन्त्रीसहित उच्च प्रतिनिधि मण्डलको सहभागिता रहेको फोरममा मन्त्री पुनले नेपाल सरकारले कृषि र सिंचाई गरेको कामका विषयमा धारणा राखेका थिए ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ७ : ०९ बजे

जनकपुर पुगेर सिके राउतले भने – ‘प्राप्त उपलब्धिको रक्षा गर्नुपर्छ’

काठमाडौं – प्रतिनिधि सभा सदस्य एवम्‌ जनमत पार्टीका अध्यक्ष डा.

नासा र स्पेसएक्सको नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण अर्को हप्ता

एजेन्सी – नासा र स्पेसएक्सले आगामी सेप्टेम्बर २६ मा अन्तर्राष्ट्रिय

यस्ता छन्‌ यो वर्षको दशैँका साइत, अष्टमी र नवमी एकैदिन

काठमाडौं – नेपाल पञ्‍चाङ्ग निर्णायक विकास समितिले २०८१ सालको बडादशैँका

मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य

धनुषा – मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ

बालेनलाई प्रगति विवरण बुझाएर बिदा भए सहसचिव परियार

काठमाडौं – नगर प्रमुख बालेन शाहले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय