बेचबिखन प्रभावित महिलाको भेला काठमाडौं « Khabarhub

बेचबिखन प्रभावित महिलाको भेला काठमाडौं


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेचबिखन प्रभावितहरुको चौथो राष्ट्रिय भेला शुरु भएको छ । बुधबार ललितपुरमा जम्मा भएका सातै प्रदेशका एक सय जना भन्दा बढी बेचबिखन प्रभावित महिलाहरुले राष्ट्रिय संजाल पनि गठन गर्ने छन् ।

एक कार्यक्रममका बीच महिला वालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले राष्ट्रिय सम्मेलनको उद्घाटन गरिन् । शक्ति समूह आयोजक र एट्वीन सन्जाल सहआयोजक भएर आयोजना गरिएको भेलामा विभिन्न समयमा बेचबिखनमा परेका महिलाहरु सहभागी भएका छन् ।

सम्मेलनको उद्घाटन गर्दै मन्त्रि थापाले मानव बेचबिखनको कलंकबाट मुक्त हुन सरकार सबैसँग सहकार्य गरेर अघि बढ्न तत्पर रहेको बताइन् । संसदको राज्य व्यवस्था समिति सभापति शशी श्रेष्ठ र महिला समिति सभापति निरु पालले पनि बेचबिखन प्रभावितहरुको पुनस्र्थापना तथा स्वदेश फिर्तीका लागि संसदबाट कानुन बनाउनु परेमा आफूहरुले पहल गर्ने बताए ।

यस्तै कार्यक्रममा बेचबिखन विरुद्धका अभियन्ता डा रेणु अधिकारी, भगवती नेपाल लगायतले बेचबिखन प्रभावित महिलाको स्वदेश फिर्ती र पुनस्र्थापनामा अझै कानुन बलियो नभएकोतर्फ ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ७ : ४४ बजे

तीन जिल्लाका बिरामीलाई सेवा दिँदै एक स्थानीय अस्पताल

दाङ– दाङको राप्ती गाउँपालिकाद्वारा सञ्चालित राप्ती आधारभूत अस्पतालबाट तीन जिल्लाका

इरानलाई साउदीको चेतावनी- ‘खाडी क्षेत्रको धैर्यताको बाँध टुट्न सक्छ’

रियाद– साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहान अल साउदले

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

काठमाडौँ– गृह मन्त्रालय प्रवेश गर्दै गर्दा सिँढी नजिकैको भित्तामा ‘फ्लेक्स

मेची भन्सारबाट ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम आठ महिनामा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल