युवा संघका अध्यक्ष राईमाथि छुरा प्रहार | Khabarhub Khabarhub

युवा संघका अध्यक्ष राईमाथि छुरा प्रहार


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमक– नेकपा निकट युवा सङ्घ नेपाल झापास्थित शिवसताक्षी नगर अध्यक्ष सुरज रिङ्गालुङ्ग राईमाथि छुरा प्रहार भएको छ ।

झापाको शिवसताक्षी नगरपालिका–८ को कार्यालयमा वडाध्यक्षसँग कुरा गरिरहेका युवा सङ्घका नगर अध्यक्ष राईमाथि बुधबार छुरा प्रहार भएको हो । प्रहरीका अनुसार स्थानीय २२ वर्षीय सागर तिम्सिनाले राईमाथि अन्धाधुन्ध छुरा प्रहार गरेका थिए । घाइते राईको बिर्तामोडको बी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ ।

वडाध्यक्ष केहरसिंह बस्नेतले अध्यक्ष राईसँग मेरो समसामयिक विषयमा कुरा भइरहेको बेला अचानक सागर आएर दाहिने तर्फको कोखामा दुई पटक छुरा हानेको बताए । छुरा प्रहारबाट घाइते राई खतरामुक्त रहेको बी एन्ड सी अस्पताल बिर्तामोडले जनाएको छ । छुरा प्रहार के कारणले भयो भन्नेबारेमा केही खुल्न सकेको छैन । तिम्सिनालाई इलाका प्रहरी कार्यालय झिलझिलेको प्रहरी टोलीले तत्कालै गिरफ्तार गरेको छ ।

यसैबीच युवा सङ्घ झापाले अध्यक्ष राईमाथि भएको आक्रमणको भर्त्सना गर्दै कारवाहीको माग गरेको छ । युवा सङ्घका जिल्ला अध्यक्ष शम्भु भण्डारीले विज्ञप्ति निकालेर अध्यक्ष राईमाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गर्दै आक्रमणमा संलग्नलाई हदैसम्मको सजाय दिन माग गरेका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ८ : ४५ बजे

वातावरणीय महत्वबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथा संवाद आयोजना : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका हिमाल र पहाडका

‘के घर के डेराः घर नं २’को गीत सार्वजनिक (भिडियो)

काठमाडौं – चलचित्र ‘के घर के डेराः घर नं २’को

काठमाडौंबाट चोरी भएको माइक्रोबस धादिङमा भेटियो

काठमाडौं – पार्किङमा राखेको अवस्थामा काठमाडौँबाट माइक्रोबस चोरी भएको छ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

‘विपद् व्यवस्थापनमा तीनै तहको उत्तिकै दायित्व’

काठमाडौं – नेपालमा मनसुन भित्रिने सङ्घारमा रहेका बेला राष्ट्रिय विपद्