युवा संघका अध्यक्ष राईमाथि छुरा प्रहार « Khabarhub

युवा संघका अध्यक्ष राईमाथि छुरा प्रहार


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमक– नेकपा निकट युवा सङ्घ नेपाल झापास्थित शिवसताक्षी नगर अध्यक्ष सुरज रिङ्गालुङ्ग राईमाथि छुरा प्रहार भएको छ ।

झापाको शिवसताक्षी नगरपालिका–८ को कार्यालयमा वडाध्यक्षसँग कुरा गरिरहेका युवा सङ्घका नगर अध्यक्ष राईमाथि बुधबार छुरा प्रहार भएको हो । प्रहरीका अनुसार स्थानीय २२ वर्षीय सागर तिम्सिनाले राईमाथि अन्धाधुन्ध छुरा प्रहार गरेका थिए । घाइते राईको बिर्तामोडको बी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ ।

वडाध्यक्ष केहरसिंह बस्नेतले अध्यक्ष राईसँग मेरो समसामयिक विषयमा कुरा भइरहेको बेला अचानक सागर आएर दाहिने तर्फको कोखामा दुई पटक छुरा हानेको बताए । छुरा प्रहारबाट घाइते राई खतरामुक्त रहेको बी एन्ड सी अस्पताल बिर्तामोडले जनाएको छ । छुरा प्रहार के कारणले भयो भन्नेबारेमा केही खुल्न सकेको छैन । तिम्सिनालाई इलाका प्रहरी कार्यालय झिलझिलेको प्रहरी टोलीले तत्कालै गिरफ्तार गरेको छ ।

यसैबीच युवा सङ्घ झापाले अध्यक्ष राईमाथि भएको आक्रमणको भर्त्सना गर्दै कारवाहीको माग गरेको छ । युवा सङ्घका जिल्ला अध्यक्ष शम्भु भण्डारीले विज्ञप्ति निकालेर अध्यक्ष राईमाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गर्दै आक्रमणमा संलग्नलाई हदैसम्मको सजाय दिन माग गरेका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ८ : ४५ बजे

तीन जिल्लाका बिरामीलाई सेवा दिँदै एक स्थानीय अस्पताल

दाङ– दाङको राप्ती गाउँपालिकाद्वारा सञ्चालित राप्ती आधारभूत अस्पतालबाट तीन जिल्लाका

इरानलाई साउदीको चेतावनी- ‘खाडी क्षेत्रको धैर्यताको बाँध टुट्न सक्छ’

रियाद– साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहान अल साउदले

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

काठमाडौँ– गृह मन्त्रालय प्रवेश गर्दै गर्दा सिँढी नजिकैको भित्तामा ‘फ्लेक्स

मेची भन्सारबाट ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम आठ महिनामा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल