मदन–शीला सम्मान राष्ट्रकवि घिमिरेलाई « Khabarhub

मदन–शीला सम्मान राष्ट्रकवि घिमिरेलाई


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मदन–शीला प्रतिष्ठानले राष्ट्रकवि माधव घिमिरेलाई मदन–शीला स्रष्टा सम्मान–२०७५ दिने निर्णय गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष प्रा डा वासुदेव त्रिपाठीको अध्यक्षतामा बुधबार बसेको बैठकले सो निर्णय गरेको हो । सो सम्मानको राशि रु एक लाख एक हजार र सम्मानपत्र रहेको छ ।

त्यस्तै बैठकले नेपाली साहित्य सम्मेलन दार्जिलिङबाट प्रकाशन हुने ‘दियालो’ साहित्यिक पत्रिका र काठमाडौँबाट प्रकाशन हुने ‘उन्नयन’ त्रैमासिकलाई मदन–शीला साहित्यिक पत्रकारिता सम्मान–२०७५ बाट सम्मान गर्ने पनि निर्णय गरेको छ । सो सम्मानको राशि जनही रु ५० हजारको रहेको छ ।

संस्थाले नेपाली साहित्यक क्षेत्रको विकासमा कार्यरत तथा साहित्यिक तथा साहित्यिक पत्रकारिताका क्षेत्रमा विशेष योगदान दिने प्रतिभावान् व्यक्ति तथा संस्थालाई सम्मान गर्दै आएको छ ।

गत वर्षको मदन–शीला स्रष्टा सम्मान–२०७४ भाषाशास्त्री बालकृष्ण पोखरेललाई प्रदान गरिएको थियो । हालसम्म सो सम्मानबाट मदनमणि दीक्षित, प्रेमा शाह तथा किरण खरेललाई प्राप्त प्राप्त गरेका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ९ : ४९ बजे

रास्वपा सांसदहरूले उद्धार कोषमा जनही थप १५ हजार दिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका सदस्यहरूले प्रधानमन्त्री दैवी

सशस्त्र प्रहरीलाई अमेरिकी ड्रोन सहयोग

काठमाडौँ- नेपालका बाढीप्रभावित दुर्गम क्षेत्रमा राहत सामग्री पुर्‍याउनका लागि सशस्त्र

नेपाललाई दैनिक १८ घण्टा विद्युत् निर्यात गर्न भारतको स्वीकृति

काठमाडौं- भारतले नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न स्वीकृति

शिक्षामन्त्रीद्वारा गजेन्द्रनारायण सिंह अस्पतालको स्थलगत अवलोकन, बविताकुमारी पासवानसँग भेट

काठमाडौं- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह