दशैंको मुखमा बिजुली पुगेपछि गड्तीर क्षेत्र झिलिमिली « Khabarhub

दशैंको मुखमा बिजुली पुगेपछि गड्तीर क्षेत्र झिलिमिली


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली- दशैंको मुखमा घरमा बिजुली बाल्न पाएपछि सिन्धुलीको गड्तीर क्षेत्रका नागरिकमा अहिले खुशीयाली छाएको छ । खुर्कोट–घुर्मी खण्डको गोलन्जोर गाउँपालिका–१ च्याकुटारबेँसी र दिङलादीप विद्युत् विस्तार भएसँगै त्यस भेगका गाउँले निकै हर्षित भएका हुन् ।

फिकल गाउँपालिका–२ को सुङनामबेँसी र नवलपुर क्षेत्रका गाउँबस्तीमा पनि केही दिनभित्रै घरघरमा बिजुली पुर्‍याउने गरी काम भइरहेको नेपाल विद्युत् प्राधिकरण सिन्धुली शाखाका इञ्जिनीयर एवं सूचना अधिकृत राजु महतोले जानकारी दिए।

दशैंको मुखमा त्यस क्षेत्रका करीब १०० घरधुरीमा अहिले बिजुली बलेको छ । थाक्लेको काखमा रहेको च्याकुटार र भालुभञ्जाङको फेदीमा रहेको दिङलादीप बस्ती अहिले बिजुली पुगेपछि रातको समयमा झिलिमिली भएको छ ।

कुँडुलेको सुनुवार बस्तीमा पनि बिजुलीले चमक थपेको छ । आफ्नो जीवनमा मोटर देख्न र बिजुली बाल्न पाइएला भन्ने कल्पनासमेत नगरेका स्थानीय ७० वर्षीय चतुरमान पहरी भन्छन्, ‘पछिल्लो समय विश्वास नै गर्न नसकिने गरी सडक, बिजुली, खानेपानीको क्षेत्रमा विकास र सुधार भएको छ, जसले हामीलाई जीवनयापन गर्न निकै सजिलो बनाएको छ ।’

विद्युत्को पहुँच विस्तारसँगै गाउँलेको मोह बिलासिताका वस्तु खरीदतर्फ आकर्षण भएको छ । विद्युत्को लाइन विस्तार हुँदा नहुँदै कति इञ्चको टेलिभिजन र कति लिटरको फ्रिज किन्ने भन्नेमा वल्लो, पल्लो र तल्लो घरमा प्रतिस्पर्धाको होडबाजीसमेत चल्न थालेको छ ।

सुनकोशी आधारभूत प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एकराज न्यौपानेका अनुसार, केही वर्षअघिसम्म सल्लाको दियालोबाट रातको समयमा घरभन्दा गर्दै आएका गाउँले अहिले घरका बार्दली, कोठा, चोटा र मतानमा मात्र होइन, गाईगोठ र बाख्राको खोरमा समेत झिलिमिली हुने गरी बत्ती जडान गरेका छन् । बिजुली पुगेसँगै दिउँसो खेतबारीमा काम गरेर साँझ बिहान पठनपाठन गर्न चाहने शिक्षक र विद्यार्थीका लागि निकै हौसला मिलेको छ ।

दशैंको मुखमा बिजुली पुगेपछि त्यसभेगका जनताले यो दशैंलाई उज्यालो दशैं उत्सवको रुपमा मनाउने योजना बनाएका छन् । विद्युत्को मिटर जडान र वायरिङको काम सकिएसँगै कतिपयले जनतामा दशैं र तिहारमा शहरकै झल्को दिने गरी विभिन्न रङका झिलीमिली बाल्ने सुर कसेका छन् ।

चाडपर्व र जात्रामा स्थानीय युवायुवतीद्वारा प्रस्तुत गरिने नाचगान हेरेर रमाउँदै आएका त्यस क्षेत्रका बासिन्दालाई विद्युत्को पहुँचले संसार बुझ्ने मौका प्रदान गरेको छ ।

प्रत्येक घरका बालबालिकाले आफ्ना अभिभावकलाई टेलिभिजन जडानका लागि आग्रह गरिरहेको छन् भने घरमुलीलाई भने बिजुलीको शुल्कले ढाड त सेक्ने होइन भन्ने चिन्ताले पिरोलेको छ । खानेपानी, सडक र उज्यालो त आयो, यसले केटाकेटीको माग र खर्च निकै बढाएछ, आम्दानीको दह्रो स्रोत छैन, घर खर्च कसरी धन्ने भन्ने चिन्ताले हामीलाई पिरोलेको छ, स्थानीय नीरबहादुर पाण्डे बताउँछन् ।

यो क्षेत्रमा विद्युत् विस्तारका लागि प्राधिकरणले यो वर्ष थप एक करोड ७० लाख बजेट विनियोजन गरेको थियो । २५ किलोमिटरको उक्त क्षेत्रमा अहिले पाँच ट्रान्सफर्मर जडान गरिसकेको भने नवलपुरसम्म विद्युत्को प्रवाह छोडिसकेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  १० : ०३ बजे

प्रभु बैंकले मनायो ‘ग्लोबल मनि विक- २०२६’

काठमाडौं– प्रभु बैंक लिमिटेडको कमलादी शाखाद्धारा ‘स्मार्ट मनी टक्स’ भन्ने मूल

पूर्णागिरि मेलापछि महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो

महेन्द्रनगर– कञ्चनपुरको महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो लागेको छ ।  भारत उत्तराखण्डको

लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु, मुख्यमन्त्रीले गरे उद्घाटन

लुम्बिनी– लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आजदेखि ‘एमआरआई’सेवा सुरु भएको छ

माइतीघरमा सहकारी पीडितको विरोध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– सहकारीमा बचत गरेको रकम फिर्ता हुनुपर्ने माग राख्दै सहकारी

गगन थापाको अनुपस्थितिबीच कांग्रेस केन्द्रीय समितिमा पेश भए दुईवटा प्रस्ताव

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक ललितपुरको सानेपामा जारी छ।