काठमाडौंका मेयर विद्या सुन्दरलाई डेंगु « Khabarhub

काठमाडौंका मेयर विद्या सुन्दरलाई डेंगु


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–बिरामी भएका काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य अस्पताल भर्ना भएका छन् ।

उनको त्रिपुरेश्वरस्थि ब्लु क्रस अस्पतालमा उपचार भएको छ । हिजो (बिहीबार) अस्पताल भर्ना भएका मेयरको स्वास्थ्य परीक्षण गर्दा डेंगुको संक्रमण देखिएको शाक्यको सचिवालयले जनाएको छ ।

उनको स्वास्थ्य परीक्षण गर्ने क्रममा गरिएको रगत परीक्षणमा शाक्यलाई डेंगु संक्रमण भएको पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ ।

मेयर शाक्यलाई डेंगु पुष्टि भएपछि उपचार शुरु गरिएको अस्पतालले जनाएको छ ।

यसअघि कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणी खनाल, नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतम पनि डेंगुबाट संक्रमित भएका थिए ।

सुनसरीको धरानबाट शुरु भएको डेंगुले महामारीको रुप लिँदै ५६ जिल्लामा फैलिएको थियो ।

अहिले करिब करिब नियन्त्रणमा आएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  १२ : १६ बजे

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले सानदार

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा