त्रिविको उपकुलपतिमा डा भगवान कोइरालासहित तीन जना सिफारिस « Khabarhub

त्रिविको उपकुलपतिमा डा भगवान कोइरालासहित तीन जना सिफारिस


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि डाक्टर भगवान कोइरालासहित तीन जनाको नाम सिफारिस भएको छ ।

१९ औँ उपकुलपति चयन गर्नका लागि गठित नाम सिफारिस समितिले पहिलो नम्बरमा डाक्टर भगवान कोइराला, दोस्रोमा डाक्टर धर्मकान्त बास्कोटा र तेस्रोमा चन्द्रमणि पौडेलको नाम सिफारिस गरेको हो ।

अहिले निमित्त उपकुलपतिको जिम्मेवारीमा रहेकी प्रा.डा. सुधा त्रिपाठीको नाम भने सिफारिसमा परेको छैन ।

डाक्टर कोइराला र डा बाँस्कोटा पेशाले चिकित्सक हुन् । त्यस्तै सिफारिसमा परेका डाक्टर पौडेल तथ्यांकशास्त्रका प्राध्यापक हुन् ।

डाक्टर कोइराला वरिष्ठ हृदय रोग विशेषज्ञ हुन् ।

डा बाँस्कोटा वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ हुन् । उनी केही समय अघि मात्र नेपाल मेडिकल काउन्सिलको अध्यक्षबाट अवकाश भएका हुन् ।

डाक्टर पौडेल चार वर्ष त्रिभुवन विश्वविद्यालयको रजिस्ट्रार भएर काम गरिसकेका व्यक्ति हुन् ।

समितिले सिफारिस गरेका मध्येबाट कुलपतिले एक जना चयन गर्ने व्यवस्था छ ।

तत्कालीन उपकुलपति प्राध्यापक डाक्टर तिर्थ खनियाको कार्यकाल सकिनुअघि नै सरकारले नयाँ उपकुलपतिका लागि नाम सिफारिस गर्न सहकुलपति एंव शिक्षामन्त्री गिरिराजमणि पोख्रेलको नेतृत्वमा समिति गठन गरेको थियो । कुलपति प्रधानमन्त्री हुने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  १ : ४३ बजे

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले सानदार

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा