प्रहरी निरीक्षकमाथि चोरीको आरोप | Khabarhub Khabarhub

प्रहरी निरीक्षकमाथि चोरीको आरोप


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– धनुषामा एक प्रहरी निरीक्षकमाथि चोरी गरेको आरोप लागेको छ ।

धनुषाको मिथिला नगरपालिकास्थित इलाका प्रहरी कार्यालय ढल्केबरमा कार्यरत प्रहरी निरीक्षक अवधकिशोर ओझामाथि स्काभेटरको पार्टपुर्जा चोरी गरेको आरोप लागेको हो ।

जङ्गलको जग्गामा पोखरी खनेर क्षति पुर्‍याएको भन्दै वन कार्यालयका कर्मचारीले मिथिला नगरपालिकाको पोखरीयाभित्र स्थानबाट स्काभेटर नियन्त्रणमा लिएर गत फागुनमा प्रहरीलाई बुझाएको थियो । केही दिनपछि स्काभेटर धनी जनुलाल महतो इलाका प्रहरी कार्यालय ढल्केबर पुग्दा स्काभेटरको पार्टपुर्जा निकालिएको पाएका थिए ।

स्काभेटर धनी महतोले बालुवा वासिङ उद्योगीसँग मिलेर प्रहरीले रु छ लाख मूल्य बराबरको पार्टपुर्जा बिक्री गरेको दाबी गर्दै प्रदेश प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरी प्राप्त भएपछि प्रदेश प्रहरी कार्यालयले प्रहरी निरीक्षक ओझालाई ढल्केबरबाट प्रदेश प्रहरी गणमा तानेर छानबिन अगाडि बढाएको छ ।

घटनाको छानबिन गर्न प्रहरी उपरीक्षक उमाशङ्कर पंजियारको संयोकत्वमा गठित तीन सदस्यीय छानबिन समितिले बिहीबार घटनाको अनुसन्धान प्रतिवेदन प्रदेश प्रहरी नायब महानिरीक्षक प्रद्युम्नकुमार कार्कीलाई बुझाइसकेको बताइएको छ । पाटपुर्जा चोरीको घटनामा प्रहरी निरीक्षक ओझा दोषी देखिएको ठहर गरी उहाँलाई विभागीय कारवाही गर्ने निष्कर्षमा पुगेको बताइएको छ ।

प्रतिवेदनमा उनी दोषी देखिए हदैसम्मको कारवाही हुने प्रहरी नायब महानिरीक्षक कार्कीले बताए । उनले घटनाको सुक्ष्म तरिकाले अनुसन्धान भएको भन्दै दोषी देखिए कारवाही गर्न कुनै कन्जुस्याइँ नहुने स्पष्ट पारे ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  ८ : १५ बजे

मुलुकलाई सही दिशामा ल्याएपछि मात्रै गठबन्धन टुङ्गिन्छ : मन्त्री गुरुङ

लमजुङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकलाई सही

बुढासुब्बा गोल्डकपः ‘सडन डेथ’मा धरानलाई हराउँदै युके एफसी सेमिफाइनलमा

सुनसरी – धरान फुटबल क्लबलाई ‘सडन डेथ’मा ७–६ गोल अन्तरले

मुलुकको अर्थतन्त्र बलियो बनाउन सबैले हातेमालो गर्नुपर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ

ताप्लेजुङ – ताप्लेजुङमा अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ परेका

जसपा नेपाल कार्यकारिणी समिति बैठक एक दिन लम्बियो

गोदावरी – जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति