निःशुल्क शव ढुवानी नरोकिने « Khabarhub

निःशुल्क शव ढुवानी नरोकिने


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैदेशिक रोजगार बोर्डले दशैँका क्रममा सार्वजनिक बिदा भए पनि वैदेशिक रोजगारीका क्रममा निधन भएका कामदारको निःशुल्क शव ढुवानी नरोकिने जनाएको छ ।

यही असोज १९ देखि २२ गतेसम्म बोर्डका सचिवालय बन्द हुने भए पनि शव ढुवानी सेवा नियमित हुने कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए ।

बोर्डले बिदाको समयमा शव ढुवानी कार्यमा समन्वय गर्न उपसचिवको नेतृत्वमा चार कर्मचारीलाई तोकेको छ । बोर्डले वैदेशिक रोजगारीका क्रममा निधन भएका कामदारको शव त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि घर ठेगानासम्म निःशुल्क रुपमा ढुवानी गर्दै आएको छ ।

यसैबीच, बोर्डले सञ्चालनमा ल्याएको ‘कल सेन्टर’ दशैँका बिदाका दिन पनि खुल्ने भएको छ । बिदाका दिन बिहान १० देखि साँझ ५ बजेसम्म एक ‘सिफ्ट’मा कल सेन्टर सञ्चालन हुने बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए ।

बार्डले श्रम, रोजगार, वैदेशिक रोजगारसँग सम्बन्धित गुनासो तत्काल सम्बोधन गर्न कल सेन्टर सञ्चालनमा ल्याएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  ७ : ३६ बजे

को हुन् कोहलीको कीर्तिमान तोड्ने पाकिस्तानी ओपनर फरहान ?

काठमाडौँ – पाकिस्तानका ओपनर साहिबजादा फरहानले भारतीय क्रिकेटका हस्ती विराट

महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ

भैरहवा– शुद्धोधन गाउँपालिका–१ सिसइचोककी ६० वर्षीया रेनु पटवाको हत्या अभियोगमा

रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतासम्बन्धी विषयमा निर्णय

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य ओरालो लाग्नेक्रम जारी रहेको छ

कैलालीको सत्ती भन्सार कार्यालय : राजस्व सङ्कलनमा कमी

कैलाली– टीकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको