ढोरपाटनमा ७ नाउर र ५ झारलको शिकार गरिने « Khabarhub

ढोरपाटनमा ७ नाउर र ५ झारलको शिकार गरिने


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- ढोरपाटन शिकार आरक्षमा शिकार खुला भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार यस याममा सात नाउर र पाँच झारलको शिकार गरिनेछ ।

विभागले अघिल्लो महिना शिकारका लागि पेशेवर शिकारी अनुज्ञापत्र प्राप्त कम्पनीबाट सिलबन्दी दरभाउपत्र आह्वान गरेको थियो ।

दश नाउर र छ झारलको कोटा रहे पनि शिकारको माग कम आएको विभागले जनाएको छ । शिकार कम्पनीबीच विद्युतीय बोलपत्रमा प्रतिस्पर्धा नभएपछि यसपालि राजश्व दर पनि घटेको छ ।

शिकार कम्पनीले एउटा नाउर शिकारको रु एक लाख ९० हजार राजश्व तिरेको व्यवस्थापन शाखाका सहायक व्यवस्थापक अधिकृत सन्तोष भगतले बताए । झारल शिकारको राजश्व त्योभन्दा अझै कम छ ।

“यस याममा शिकारको माग कम आयो, प्रतिस्पर्धा नहुँदा राजश्व दर पनि घट्यो”, उनले भने । अघिल्लो शिकार याम (फागुन–वैशाख)मा एउटा नाउर शिकारको राजश्व रु तेह्र लाख ५१ हजार र झारल शिकारको रु तेह्र लाख ५० हजार राजश्व पुगेको थियो ।

शिकारको माग बढी हुँदा राजश्वको दर पनि बढ्ने र माग घट्दा राजश्व घट्ने हुन्छ । हरेक शिकार याममा राजश्वको दर घटबढ हुने गरेको विभागले जनाएको छ । गत वर्षको यही शिकार याम (असोज–मङ्सिर) मा पनि नाउर शिकारको राजश्व रु बाह्र लाख पाँच हजार र झारलको रु नौ लाख २० हजार थियो ।

यस यामका लागि बोलपत्र प्रक्रियाबाट छानिएका शिकार कम्पनीले पेशेवर विदेशी शिकारीलाई आरक्षमा पठाउने तयारी गरेका छन् । आरक्ष कार्यालयका निमित्त प्रमुख संरक्षण अधिकृत सरस्वती सापकोटाले दुई सातापछि पहिलो शिकार टोली ढोरपाटन आउने बताए ।

“मङ्सिरको अन्तिमसम्ममै शिकार खुला रहन्छ”, उनले भने ।  शिकार कम्पनी ट्रयाक एण्ड ट्रेल्र्स, नेपाल वाइल्ड लाइफ सफारिज, नेपाल वाइल्ड लाइफ एडभन्चर, हिमालयन अउटफिटर, हिमालयन सफारिजल र ग्लोबल सफारिजले ढोरपाटनमा शिकार खेलाउँदै आएका छन् ।

बोलपत्रबाट छानिएका कम्पनीले अनुमति पाएअनुसार नाउर र झारलको शिकार गराउने गरेका छन् । व्यवस्थित शिकारका लागि आरक्षभित्र छ ‘ब्लग’ तोकिएको छ । यहाँ फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह ब्लग छ ।

शिकारीले रोजेको ठाउँमा कम्पनीले शिकार गराउने गर्छन् । शिकारका लागि रुस, अमेरिका, क्यानाडा, नर्वे, जर्मनीलगायत देशबाट तालिमप्राप्त शिकारी ढोरपाटन आउने गरेका छन् । सौखिन र खर्चिला विदेशी शिकारीको रोजाइमा ढोरपाटन पर्ने गरेको छ । एउटै शिकारीले रु ३० लाखदेखि रु ३५ लाखसम्म शिकारमा खर्चने गरेको बताइन्छ । शिकारी हेलिकप्टरबाट आरक्षमा पुग्ने गर्छन् ।

शिकारी, आरक्ष कार्यालय तथा कम्पनीका प्रतिनिधि, भरिया र पथप्रदर्शकसहितको टोलीले १५ दिन आरक्षमा बिताउँछन् । ढोरपाटनमा वर्षेनी असोज–मङ्सिर र फागुन–वैशाख गरी दुई याममा शिकार खुला गर्ने गरिएको छ ।

साहसिक यात्रा र रोमाञ्चक शिकार अनुभवको लागि ढोरपाटन विदेशी नागरिकको रोजाइमा पर्छ । विसं २०३९ मा स्थापना भएको शिकार आरक्ष देशकै एकमात्र वैधानिक शिकार गन्तव्य हो । एक हजार ३२५ वर्ग किमिमा फैलिएको आरक्ष बागलुङ, म्याग्दी र रुकुमको पहाडी र हिमाली भू–भागमा अवस्थित छ । विभागले वर्षमा २० नाउर र ११ झारलको शिकार कोटा छुट्टयाउने गरेको आरक्ष कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  ९ : १७ बजे

चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

काठमाडौं– प्रेस काउन्सिल नेपालले मौन अवधिमा आचारसंहिताको पूर्ण परिपालना गर्न

एचपीभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

बागलुङ– बागलुङका दुई हजार ३०२ जना किशोरीले पाठेघरको मुखको क्यासरविरुद्वको

मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आधिकारिक

यूएई र साउदीका सबै उडान अवरुद्ध : रियादको अमेरिकी दूतावासमा आक्रमण

दुबई – इरान र इजरायल–अमेरिका गठबन्धनबीचको सैन्य मुठभेड खाडीका अन्य